बालमैत्री शासन सम्बन्धी अन्तरक्रिया सम्पन्न

बालमैत्री शासन सम्बन्धी अन्तरक्रिया सम्पन्न

बालमैत्री स्थानीय शासन सम्बन्धी १ दिने अन्तरक्रिया सम्पन्न भएकाे छ । युवाजागरण नेपालकाे अायाेजनामा माेरङकाे उर्लाबारी ८ मा साे कार्यक्रम सम्पन्न भएकाे हाे ।

विहिबार वडा कार्यसमितिकाे सभाहलमा एक कार्यक्रमकाे अायाेजना गरि सराेकारवालासंग अन्तरक्रिया गरिएकाे हाे । नगरकाे अार्थिक सहयोग र वडा कार्यालयकाे समन्वयमा युवा जागरण नेपालले कार्यक्रमकाे अायाेजना गरेकाे हाे । अन्तरक्रियाकाे सहजिकरण युवा जागरणका अध्यक्ष अर्जुन बास्ताेलाले गरेका छन् । वडा तथा नगरलाई नै बालमैत्री घाेषणा गर्ने तयारीमा रहेका बेला पहिलाे चरणमा वडामा बाल क्लब तथा संजाल गठन गर्ने काम भइरहेकाे छ । अन्तरक्रियामा वडाका सामुदायिक, संस्थागत विद्यालय, जनप्रतिनिधि, बालसंजालका पदाधिकारी, स्वास्थ्य, महिला स्वास्थ संयम सेविका लगाएतकाे सहभागिता रहेकाे थियाे ।

युवा जागरणले उर्लाबारी, पथरीशनिश्चरे लगाएतका अासपासका पालिकामा विशेषगरी बालबालिका सम्बन्धि कार्यक्रमहरु गरिरहेकाे छ ।

सम्बन्धित खवर