अर्जुन काफ्ले
पथरी
२०२० साल देखी पाठेघर सम्वन्धी रोग वाट पिडित वनेकी मोरङ्ग पथरीशनिश्चरे कि ७० वर्षिय जसोधा थापा रोग लुकाएर राख्दा समस्या परेको वताउदै थिन । प्रजनन् सम्वन्धी रोग वाट पिडित वनेका महिलालाई लक्षित गरि मोरङ्गको पथरीशनिश्चरेमा आयोजना गरिएको महिलाको प्रजनन् स्वास्थ्य सम्वन्धि समस्याहरुको निशुल्क स्वास्थ्य शिवीरमा उपचार गर्न आएकी थापाले आफ्ना समस्या राखीन । पटक पटक उपचारका लागी गए पनि रोग निको नहुदा समस्या भएको उनको कथन थियो । प्रजनन् रोगले गर्दा आफु पटक पटक मर्नु न वाच्नु अवस्थामा पुगेको उनले वताइन । उनी भन्दै थिन सुरुवातमा उपचार गर्ने ठाउ पनि थिएन अहिले रोगका कारण धेरै समस्या व्योहोरेको छु । रोगको उपचार हुन्छ भनेर शिवीरमा आएको छु ।
धेरै महिला हरु पाठेघर तथा प्रजनन् सम्वधि रोग वाट पिडित वने पनि उनीहरुले लाज कै कारण रोग लुकाउने गरेका छन् । स्वास्थ्य शिवीरमा आएकी पथरीशनिश्चरे ४ कि सम्झना अधिकारीका अनुसार लाजकै कारण महिलाहरुले रोग लुकाउने गरेका छन् । आफै पनि प्रजनन रोगवाट पिडित वनेको र उपचारका लागी आएको उनले वताइन ।
पथरीशनिश्चरे क्षेत्रका मात्र नभइ छिमेकी गाँउपालिका नगरपालिकाका महिलाले समेत सो स्वास्थ्य शिवीर वाट उपचार गराएका थिए । करिव २ हजार महिलाले सो शिवीर वाट उपचार पाउने लक्ष्य रहेको पथरीशनिश्चरे नगरका स्वास्थ्य संयोजक मुरारी आचार्यले जानकारी दिए । सो शिवीरमा महिलाहरुको प्रजनन् रोग सम्वन्धि भिआइ पी परिक्षण,आङ्ग खस्ने समस्या तथा रिङ्ग पेसरी राख्ने,अष्ट्रेटिक फिस्टुला निवारण तथा उपचार र यु एस ए सेवा प्रदान गरिएको थियो । ३० देखी ५० वर्ष उमेर समुहका महिला रोग वाट वडि पिडीत वनेका र उनीहरुकै शिवीरमा उपस्थीती रहेको आचार्य वताउछन् ।
यसक्षेत्रका महिलाहरु धेरै प्रजनन् रोग वाट पिडित वने पनि उपचारका लागी कम जाने गरेको उनको भनाइ थियो । रोगको पहिचान गर्न सके महिलाको पाठेघरमा हुने क्यान्सर रोग कम गर्न सकिने उनको भनाइ थियो । महिलामा साना साना प्रजन्न समस्या लुकाउदा क्यान्सर जस्ता रोग लाग्ने गरेको डाक्टर वालकृष्ण शाह वताउछन् । शाहका अनुसार ति त्यस्ता समस्या लुकाउदा क्यान्सर वडेको हो ।
महिलामा परेका स्वास्थ्य समस्या लाइ हल गर्न नगरपालिकाले यस्ता शिवीर सन्चालन गरेको पथरीशनिश्चरे नगरपालिका का उपमेयर यमुना विष्ट वास्तोला वताउछिन् ।
महिलाले आफ्ना प्रजनन् र यौन सम्वधि रोगहरु लाजकै कारण लुकाउदा क्यान्सर जस्ता रोग ले पिडित वन्नु पर्दै आएको छ । पथरीशनिश्चरे नगरले उर्लावारीको अरनिको अस्पताल र जिल्ला स्वास्थ्य मोरङ्गको सहयोगमा गरेको स्वास्थ्य शिवीरले धेरै महिलालाई रोग वाट उन्मुक्ती दिने सहयोग गरेको छ । यस्ता किसीमका कार्यक्रम को निरन्तरता यहाका महिलाहरुले राखेका छन् ।