बार्सिलोनाको लिभरपुलमाथि ३–० को सानदार जित, मेस्सीको २ गोल

बार्सिलोनाको लिभरपुलमाथि ३–० को सानदार जित, मेस्सीको २ गोल

युरोपेली च्याम्पियन्स लिग अन्तर्गत बुधबार बार्सिलोनाले लिभरपुललाई सेमिफाइनलको पहिलो लेगमा फराकिलो अन्तरले पराजित गरेको छ । फरवार्ड लियोनेल मेस्सी र लुइस सुआरेज चलेपछि बार्सिलोना ३–० ले विजयी रह्यो ।

खेलको २६ औं मिनेटमा सुआरेजले घरेलु टोली बार्सिलोनालाई अग्रता दिलाएका थिए । उनले जोर्डि अल्बाको लो क्रसलाई पोस्टको दिशा दिँदै गोल गर्न सफल भए । लिभरपुलले पनि पहिलो हाफमा बराबरीको अवसर पाएको थियो तर गोलरक्षक टेर स्टेगन त्यसमा बाधक बनिरहे ।

दोस्रो हाफमा बार्सिलोनाका कप्तान मेस्सीले दुई गोल थपे । सुआरेजको प्रहार पोस्टमा लागेर फर्केपछि ७५ औं मिनेटमा मेस्सीले अग्रता दोब्बर पारे । त्यसको ७ मिनेटपछि मेस्सीले झन्डै ३० यार्ड टाढाबाट फ्रिकिकमा सिधै गोल गर्दै फराकिलो जित पक्का गरे । अन्तिम समयमा लिभरपुलका मोहमद सलाहको प्रहार पोस्टमा लागेर फर्केपछि लिभरपुल ३(० ले नै पराजित भयो । दोस्रो लेगको खेल अर्को साता लिभरपुलको मैदान एन्फिल्डमा हुनेछ । (एजेन्सी)     

 

सम्बन्धित खवर