मे दिवशमा मजदुर सम्मानित

मे दिवशमा मजदुर सम्मानित

१३० औं अन्तरराष्ट्यि श्रमिक दिवशका अवसरमा आज मोरङको पथरीशनिश्चरेमा १३ जना मजदुरलाई सम्मानित गरिएको छ ।

नयाँशक्ति नेपाल पथरीशनिश्चरेको आयोजनामा सम्पन्न कार्यक्रममा नगरपालिका उपप्रमुख यमुना विष्ट वास्तोलाले प्रमुख अतिथिका रुपमा १३ जना मजदुरलाई दोसल्ला ओढाएर सम्मानित गर्नुभयो ।

कार्यक्रममा बोल्दै उहाँले देशको विकासमा मजदुरको ज्यादै महत्वपूर्ण भूमिका रहेकाले उहाँहरुलाई सधैं सम्मानजनक रुपमा हेर्नु पर्ने बताउनु भयो ।

कार्यक्रममा नयाँशक्तिका मनोहरि दहाल, तारा दवाडी लगायतले शुभकामना व्यक्त गर्नुभयो ।


सम्बन्धित खवर