प्रदेशको नाम र राजधानीको बिषय टुङ्ग्याउन आब्हान गरिएको बैठक बैठकनै नबसी स्थगित

प्रदेशको नाम र राजधानीको बिषय टुङ्ग्याउन आब्हान गरिएको बैठक बैठकनै नबसी स्थगित

विराटनगर–नेकपा संसदीय दलको बैठक नबसी स्थगित भएको छ । आज बिहान ११बजे बोलाईएको संसदीय दलको बैठक बैठक नै नबसी दिउँसो पौने ३ बजे स्थगितको सुचना आएपछि सांसदहरु फर्किएका छन् ।

बिहान ११ बजे बोलाईएकोमा मन्त्री तथा मुख्यमन्त्री बैठकमा ब्यस्त भएपछि ३ बजेको लागि सारिएको थियो । त्यस पछि फेरी भोली ११ बजेसम्मको लागि बोलाउँदै बैठक नै नबसी स्थगित भएको हो । नेकपाको पार्टी भित्रै कुरा मिल्न नसकेपछि संसदीय दलको बैठक स्थगित भएको बुझिएको छ ।

बिहानै देखि प्रदेश कमिटि सहित मुख्यमन्त्री, मन्त्री तथा केन्द्रय सदस्यहरु बिच बसेको बैठकले निर्णय निकाल्न नसक्दा संसदीय दलको बैठक पनि अन्यौलमा परेको थियो । अन्यौलका बिच ३ बजे बस्ने भनिएको नेकपा संसदीय दलको बैठक स्थगित भएको हो । आजको संसदीय दलको बैठकले प्रदेशको नाम र राजधानीको बिषय टुङ्ग्याउन निर्णय गर्ने तयारी थियो ।

सम्बन्धित खवर