पथरीमा मोटरसाईकलको ठक्करबाट १ को मृत्यु

पथरीमा मोटरसाईकलको ठक्करबाट १ को मृत्यु

पथरी–मोरङको पथरीशनिश्चरे नगरपालिका १० भुटानी शिविर अगाडी मंगलबार मोटरसाईकलको ठक्करबाट १ जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गमा दिउँसो पौने १ बजे पश्चिम तर्फ जाँदै गरेको तत्काल पहिचान खुल्न नसकेको मोटरसाईकलको ठक्करबाट पैदलयात्री सोही नगरपालिका बस्ने बर्ष ६० की पूर्णमाया गदाल घाइते भएकी थिईन ।

मोटरसाईकलको ठक्करबाट गम्भीर घाइते गदाललाई उपचारको लागि पथरी अस्पतालमा पठाईएकोमा उपचारको क्रममा सोही अस्पतालमा दिउँसो १ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।

सम्बन्धित खवर