सुरक्षा खाेई, बर्षमा पथरीमा पाँच हत्याका घट्ना

सुरक्षा खाेई, बर्षमा पथरीमा पाँच हत्याका घट्ना

पथरीमा पछिल्लो समय श्रृंखलाबद्ध हत्याका घट्नाहरु भएका छन् । पछिल्लो समय पथरीशनिश्चरे १ त्रीवेणी चोक साझा लाइनमा डेरा वस्ने एसआरएस कस्मेटिक एण्ड गिफ्ट हाउसकी प्रोप्राइटर रीनाको रहस्यमय मृत्यु भएको थियो ।

रिनाको न्याएका लागि प्रदर्शनमा स्थानीय

शुक्रवार राती पथरीको प्रस्तावित रंगशालामा सञ्चालन भएको कन्सर्ट हेरेर १३ वर्षीय छोरा साइमनसँग ११ बजे कोठा फर्किएकी वस्नेत शनिवार विहानै आफ्नै कोठा अगाडि बाटोमा निर्वस्त्र रुपमा मृत अवस्थामा फेला परेकी थिइन् । टाउकोमा चोट लागेको अवस्थामा घोप्टो परेको शव विहान स्थानीयले सडकमा देखेपछि प्रहरीलाई खवर गरेका थिए । शरीरमा कुनै लुगा नभएको अवस्थाको शवलाई स्थानीयले लुगाले ढाकिदिएका थिए । प्रहरीले हत्या नै भएको कुराको प्रमाण फेला नपरिसकेको बताए पनि स्थानीय तथा आफन्तले उनको नियोजित हत्या गरेको दावी गदैं हत्यारा पत्ता लगाएर कारवाही गर्न दवाव दिदैं सोमबार स्थानीयहरुले सडक जाम नै गरेका थिए ।
रीनाका जेठाजु दुर्गावहादुर वस्नेत भन्छन् ‘रीनाको टाउकाको पछिल्लो भागमा रड या केही वस्तुले गहिरो रुपमा छेडेको देखिएको र निर्वस्त्र सडकमा भेटिएकाले हत्या नै भन्ने सहजै बुझिन्छ ।’ सुन्दरहरैंचा घर भएका उनका प्रेमीले राती अवरेसम्म रीनालाई फोन गरेको र रीना दिउँसैदेखि तनावमा रहेको छोरा साइमनले वताउँदै आएका छन् । साइमनले रीनाले वियर खाएर सुतेको भएपनि राती के भयो भन्ने कुरा आफुलाई थाहा नभएको जनाएका छन् ।
रीनाको शव पोष्टमार्टमका लागि धरान लगिएको भएपनि रिपोर्ट आउन केही दिन लाग्छ । रीनाका श्रीमान सन्तोस वस्नेत वैदेशिक रोजगारीको सिलसिलामा दुबईमा रहेका छन् ।

 



सम्बन्धित खवर