राष्ट्रपति चुरेतराई–मधेश संरक्षण विकास समिति परियोजनाको अनुगमन

राष्ट्रपति चुरेतराई–मधेश संरक्षण विकास समिति परियोजनाको अनुगमन

मोरङ, राष्ट्रपति चुरेतराई–मधेश संरक्षण विकास समिति खुमलटार, ललितपुरद्धारा सञ्चालित परियोजनाको सोमवार लेटाङ नगरपालिकाका प्रमुख शंकर राईले अनुगमन गर्नुभएको छ । नगरप्रमुख राईले खोलालाई नियन्त्रण गर्न अत्यन्तै जरुरी रहेको र खोला नियन्त्रण नगरे सो ठाँउलाई खोलाले मरुभुमी बनाउने सम्भावना बढ्दै गएपछि सो कार्यक्रम गर्नुपरेको नगरप्रमुख शंकर राईले बताउनुभयो ।

लेटाङ नगरपालिका वडा नं. ८ र ९ मा रहेको तेलिखोलामा आउने वाढी पहिरो नियन्त्रणका लागि तटबन्धनको कार्यक्रम चलिरहेको छ । आर्थिक वर्ष २०७५÷७६ मा उक्त खोलामा समितिले ९५ लाख वरावरको काम गरिरहेको हो ।


बर्षेनि आउने खोला वाढीका कारण तेलीखोला आसपासमा वासिन्दाहरुको धनजनको क्षति गरिरहेको उक्त खोलाले पहाडी क्षेत्रमा रहेको वन क्षेत्रलाई समेत वगाउन सूरु गरेपछि उक्त समितिले सो ठाँउमा खोलालाई अनियन्त्रित हुन वाट जोगाउने उदेश्य सहित उक्त काम गरिरहेको छ ।

अनुगमनका क्रममा लेटाङ नगरपालिका ८ का वडा अध्यक्ष भिमप्रसाद पोख्रेल, लेटाङ नगरपालिकाका ईन्जिनियर भानुभक्त राई, सोही योजनाका अध्यक्ष ईन्द्र मावोहाङ, वडा सदस्य नविन लिम्बु लगायतको टोलीले काम भईरहेको स्थानको अवलोकन गरेको हो ।
समाचार श्रोत ः लेटाङ खबर

सम्बन्धित खवर