लेटाङमा अलैची भट्टी वितरण

लेटाङमा अलैची भट्टी वितरण

लेटाङ, मोरङको लेटाङ नगरपालिका वडा नं. ७ मा रहेको ग्रामिण पहाडी कृषी समुहलाई लेटाङ नगरपालिका अन्तर्गत रहेको कृषी शाखाले अलैची भट्टी वितरण गरेको छ । शुक्रवार लेटाङ नगरपालिकाका प्रमुख शंकर राईले अलैची उत्पादक कृषकहरुको भेलामा उक्त अलैची सुकाउने मेसिन (भट्टी) वितरण गर्नुभएको हो ।

लेटाङ नगरपालिका ७ वारंगीमा करिव २ हजार कुईटेल अलैची वार्षिक रुपमा उत्पादन हुदै आएको लेटाङ नगरपालिका कृर्षी शाखा प्रमुख मञ्जु तामाङले बताईन् ।

कुल ९० हजारको लागतमा बनेको मेसिन प्राप्त गरेपछि त्यहाँका अलैची उत्पादक कृषकहरु लाभान्वित हुनेछन् ।
मेसिन वितरण गर्ने क्रममा बोल्दै लेटाङ नगरपालिकाका प्रमुख शंकर राईले मोरङ सवै भन्दा बढी अलैची उत्पादन हुने ठाँउ भएकाले यसलाई अलैचीको पकेट क्षेत्र वनाउनका लागि यो मेसिन प्रदान गरिएको वताउनुभयो । अलैचीको वजारीकरणमा पछिल्लो समय समस्या आएको र भारत लगायतका अन्य मुलकमा अलैची निकासीमा समस्या आएपछि कृषकहरु मारमा परेको कुरा बताउदै प्रमुख राईले अलैचीको वाह्य निकासीमा सहजिकरणका लागि माथिल्लो निकायमा आफुले पहल गर्ने वताउनुभयो ।

सोही कार्यक्रममा वोल्दै लेटाङ नगरपालिकाका प्रमुख प्रसासकीय अधिकृत प्रदीप साहले नगदेवाली तथा कृषीजन्य उत्पादनलाई प्राथमिकतामा राखेर काम गर्ने काम गर्ने वताउनुभयो । नेपालमा कृषि तथा खेती योग्य जमिनलाई उपयोग गर्ने हो भने २५ लाख जनतालाई पाल्न सकिने भएकाले व्यवस्थि खती गर्न आवश्यक रहेको बताउनुभयो ।

संस्थाका सचिव सन्तवहादुर लिम्बुले सञ्चालन गरेको उक्त कार्यक्रममा लेटाङ नगरपालिकाका लेखा अधिकृत शुशिल बास्तोला, कृषी शाखा प्रमुख मञ्जु तामाङ, कृषि प्राविधिक शर्मिला राई लगायतले सम्बोधन गरेका थिए ।
समाचार श्रोत ः लेटाङ खबर

सम्बन्धित खवर