निःशूल्क क्यान्सर जाँच शिविर अरनिको हस्पिटल उर्लाबारीमा

निःशूल्क क्यान्सर जाँच शिविर अरनिको हस्पिटल उर्लाबारीमा

भीमराज अधिकारी, पथरी

मोरङको उर्लाबारीमा रहेको अरनिको हस्पिटल प्रा.लि.ले निःशूल्क क्यान्सर जाँच शिविरको आयोजना गर्ने भएको छ । चैत्र २५, २६ र २७ गते ३ दिन सम्म चल्ने शिविरको सोमबार विहान प्रदेश प्रमुख प्रा.डा. गोविन्द बहादुर तुम्वाहाङ्गले गर्ने भएका छन् ।

पहिल्लो समय क्यान्सर रोग महामारीकै रुपमा फैलन सक्ने सम्भावना बढीरहेका बेला यसबाट बच्नका लागि समयमै उपचार उपचार विधि अपनाउन सहयोग पुगोस भन्ने उद्देश्यले सो शिविरको आयोजना गरिएको अरनिको हस्पिटलका प्रबन्ध निर्देशक चिरन्जीवी चुडालले बताए । उनले भने “रोग लाग्नुभन्दा अगाडी नै रोग पत्ता लागेको खण्डमा मानिस पूर्ण रुपमा निको हुने सम्भावना वढी हुन्छ । हामी क्यान्सरको संक्रमण छ की छैन भनेर विभिन्न विधिबाट टेष्टहरु गर्छौ र उपचारका लागि पनि सिफरिस गर्छौँ । अझ महिलाको पाठेघरमा लाग्ने क्यान्सरको त १० वर्ष पछि क्यान्सर हुदैँछ भने पनि अहिले नै पत्ता लाग्छ ।”

३ दिन सम्म चल्ने शिविरमा ३ हजार जनाले सेवा लिने अनुमान आयोजकको रहेको छ । शिविर निःशूल्क भएकाले क्यान्सर जाँचका लागि कुनैपनि शूल्क नलाग्ने पत्रकार सम्मेलनमा बताइएको छ । तर क्यन्सर पत्ता लगाउनका लागि ब्लड टेष्ट, भिडियो एक्स रे जस्ता टेष्टहरु गर्नु परेमा २० प्रशिसत छुटमा अस्पतालले नै सेवा दिने बताइएको छ । अरनिको हस्पिटलमा अन्य समयमा पनि प्रत्येका हप्ताको आइतबार, मंगलबार र विहिबार क्यान्सर जाँच हुने गरेको छ ।

अघिल्लो वर्षको शिविरमा २२ सय जनाको स्वस्थ्य जाँच गरिएको र सो मध्ये ३५ जनामा क्यान्सरको समस्या देखिएको विज्ञप्तीमा जनाइएको छ । ती ३५ जनालाई हस्पिटलले सिफरिस गरेर हाल उपचाररत रहेको पनि जानकारी दिइएको छ । शिविरमा आएर क्यान्सर जाँच गराएपछि उपचार गर्नुपर्ने अवस्था आएमा क्यान्सर अस्पतालसंग अरनिकोले समन्वय गरेर उपचारमा थप सहयोग पु¥याउने गरेको निर्देशक चुडालले जानकारी दिए ।

३ दिन सम्म चल्ने शिविरका लागि वि.पी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरको प्रविधिक सहयोगमा आयोजना हुने अरनिको हस्पिटलका संचलक लिलम पोमुले बताए । शिविर संचालनका लागि पूर्वी मोरङका ६ वटा पालिकाहरुसंग समन्वय गरिएको छ । यो वर्ष ५ वटै पालिकाहरुबाट प्रत्येका पालिकाबाट जम्मा ४० जना नर्सिङ र पारामेडिक्सहरुलाई सहभागी गराएर क्यान्सर रोग रोकथाम र पहिचानका लागि तालिम प्रदान गरिने पनि पोमुले बताए ।

सम्बन्धित खवर