यूएईमा दुर्घटना हुँदा २ नेपालीको मृत्यु, २ जना गम्भीर घाइते

यूएईमा दुर्घटना हुँदा २ नेपालीको मृत्यु, २ जना गम्भीर घाइते

नेपाली विरामी लिएर अस्पताल जादै गरेको ट्याक्सी युनाइटेड अरब इमिरेट्स (यूएई) मा दुर्घटना हुँदा २ जना नेपालीको मृत्यु भएको छ । दुर्घटनामा २ जना गम्भीर घाइते भएका छन् ।

युएईको आबुधाबीमा भएको दुर्घटनामा निरोज परियार र शान्ति विश्वकर्माको मृत्यु भएको हो । परियार नवलपरासी कावासोतीका बासिन्दा हुन तर विश्वकर्माको ठेगाना खुुल्न सकेको छैन् । उनीहरु सवार ट्याक्सीलाई अर्काे कारले ठक्कर दिँदा उनीहरुको मृत्यु भएको निरोजका आफन्त जोतीलाल परियार बताएका हुन् ।

विरामी भएर उपचारका लागि आएकी शान्तिलाई बिन जायद सिटीमा छोड्न निरोज जादै गर्दा दुर्घटना भएको जोतिलालले बताए । मृतकको शव अहिले अबुधाबीको खलिफा अस्पतालमा राखिएको छ । दुर्घटनामा परि घाइते भएका दुइ जनाको पनि सोही अस्पतालमा उपचार भईरहेको छ । घाइतेहरुको पहिचान हुन सकेको छैन् ।

 

 

सम्बन्धित खवर