आगामी ३ दिन सम्मको मौसम विवरण

आगामी ३ दिन सम्मको मौसम विवरण

दिउँसोः देशको अधिकांस भूभागहरुमा सामान्य देखि पूर्णतया बदली रहनेछ । देशका केहि स्थानहरुमा मेघ गर्जनरचत्यांग सहित हुरी बतासका साथ वर्षाको संभावना देखिन्छ। साथै उच्च हिमाली भू-भागका केहि स्थानहरुमा हल्का देखि मध्यम हिमपातको संभावना देखिन्छ। तराइका भू-भागहरुमा हुरि बतास चल्ने संभावना देखिन्छ ।

राति : देशको अधिकांस भूभागहरुमा सामान्यतया बदली रहनेछ । देशको पुर्वी तथा मध्य भू-भागका केहि स्थानहरुमा र पश्चिमी भु-भागका थोरै स्थानहरुमा मेघ गर्जनरचत्यांग सहित हुरी बतासका साथ वर्षाको संभावना रहेको छ। उच्च हिमाली भू-भागका केहि स्थानहरुमा हल्का देखि मध्यम हिमपातको संभावना देखिन्छ। तराइका भू-भागहरुमा सामान्य हुरि बतास चल्ने संभावना देखिन्छ

चैत्र २४ गते, आइतबार

दिउँसोः देशभरका धेरैजसो भू-भागहरुमा आंशिक देखी सामान्य बदली रहनेछ । देशको पुर्वी तथा मध्य भू-भागका थोरै स्थानमा, पश्चिमी भु-भागका १/२ स्थानहरुमा मेघ गर्जन सहित वर्षाको संभावना देखिन्छ।

राति : देशको पूर्वी क्षेत्रको अधिकांस भू-भागहरुमा सामान्य बदली तथा मध्य र पश्चिमी क्षेत्रको भू-भागहरुमा आंशिक बदली रहनेछ । देशको पुर्वी भू-भागका थोरै स्थानमा मेघ गर्जनका साथ हल्का वर्षाको संभावना देखिन्छ। पश्चिम र मध्य तराइका केहि स्थानहरुमा हुरि बतास चल्ने संभावना छ ।

चैत्र २५ गते, सोमबार

दिउँसो : देशभरका धेरैजसो भू-भागहरुमा आंशिक देखी सामान्य बदली रहनेछ । देशको पहाडी भू-भागका थोरै स्थानमा मेघ गर्जन सहित वर्षाको संभावना देखिन्छ।

राति : देशभरका धेरैजसो भू-भागहरुमा आंशिक देखी सामान्य बदली रहनेछ । देशको पुर्वी तथा मध्य भू-भागका केहि स्थानमा र पश्चिमी पहाडी भू-भागका एक वा दुई स्थानमा मेघ गर्जनका साथ हल्का वर्षाको संभावना देखिन्छ। पूर्वी र मध्य तराइका केहि स्थानहरुमा हुरि बतास चल्ने संभावना छ ।

समाचार साभार ः मौसम पूर्वानुमान विभाग

सम्बन्धित खवर