मौसमको खराबीका कारण प्रधानमन्त्री सुनसरी आउने कार्यक्रम स्थगीत, कुम्भ मेलाको उद्घाटन मुख्ययमन्त्रीले गर्ने

मौसमको खराबीका कारण प्रधानमन्त्री सुनसरी आउने कार्यक्रम स्थगीत, कुम्भ मेलाको उद्घाटन मुख्ययमन्त्रीले गर्ने

सुनसरी, प्रधानमन्त्री केपी शर्मा ओलीको सुनसरी आउने कार्यक्रम स्थगित भएको छ । सुनसरीको चतरामा आजबाट आयोजना हुने अर्धमहाकुम्भ मेलाको उद्घाटन गर्न प्रधानमन्त्री केपी शर्मा ओली आउने कार्यक्रम थियो । तर शनिबार बिहानैदेखि मौसममा आएको खराबीका कारण प्रधानमन्त्री आउने कार्यक्रम स्थगित भएको हो ।

प्रधानमन्त्री नआएपछि कुम्भमेलाको उद्घाटन प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले गर्ने छन् । अर्धमहाकुम्भ मेलामा प्रधानमन्त्री सहभागी हुने कार्यक्रम स्थगितपछि उनले आफ्नो लिखित सम्बोधन पठाएका छन् । शनिबारदेखि सुरू मेला एक महिना सम्म चल्नेछ । चतरामा आयोजित दोस्रो अर्धमहाकुम्भ मेलालाई प्रदेश सरकारले पनि सहयोग गरेको छ ।

आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीको संयोजकत्वमा मेला संयोजन समिति गठन गरेको प्रदेश सरकारले मेलाका लागि ५० लाख सहयोग पनि गरेको छ ।

सम्बन्धित खवर