काठमाण्डौ, देशभरिकै मौसम अहिले बदली भई केही ठाउँमा पानी परिरहेको छ । पश्चिमी वायु, पूर्वमा बनेको न्यूनचापीय क्षेत्र, बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावा र स्थानीय वायुको प्रभावका कारण देशभरिकै मौसम बदली भई केही ठाउँमा पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाकी मौसमविद् मञ्जु बासीका अनुसार यो प्रणाली अहिले काठमाण्डौ सहित मध्य क्षेत्रमा धेरै देखिएको छ । यसकै प्रभावले उपत्यका सहित देशका धेरै ठाउँमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित पानी पर्ने भएकाले सतर्कता अपनाउन उनले आग्रह गरेकी छीन । पानी परेपछि केही समय मौसम खुल्ने सम्भावना रहे पनि शनिबार दिनभरी नै पानी पर्ने सम्भावना रहेको छ । मौसमविद् बासीका अनुसार भोलि र पर्सि पनि मौसम खुल्ने सम्भावना कम रहेको छ ।
समाचार श्रोत ः उज्यालो अनलाइन




