पथरीबाट लागूऔषध सहित एक जना पक्राउ

पथरीबाट लागूऔषध सहित एक जना पक्राउ

मोरङको पथरीशनिश्चरे नगरपालिका १ बाट प्रहरीले लागूऔषध सहित एक जनालाई पक्राउ गरेको छ ।

लागूऔषध सहित सोही स्थान बस्ने बर्ष ३३ को जगत गुरुङलाई पक्राउ गरेको हो । गुरुङले घरमा लागूऔषध लुकाई छिपाई राखेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले लागूऔषध डाइजेपाम १० एम्पुल, लुपिजेसिक १० एम्पुल, फेनारगन १० एम्पुल र सिरिन्ज १ थान फेला पारेको थियो । पक्राउ परेका गुङलाई इलाका प्रहरी कार्यालय पथरीमा राखि थप अनुसन्धान भईरहेको छ ।

सम्बन्धित खवर