वेतनामा पर्यटकको घुइँचो

वेतनामा पर्यटकको घुइँचो

भीमराज अधिकारी, पथरी

सुख्खा मौषम त्यसमा पनि वशन्त ऋतुको समय छ । चैत्र महिनाको अन्त्य अन्त्य तर्फ लागिसकेका छौँ । विद्यालय तहका परिक्षाहरु क्रमशः सकिदै गएका छन् । यो समयमा सबैले घुम्न र रमणीय क्षेत्रको अवलोकन गर्न रुचाउँछन् । सबैजसो पर्यटकीय क्षेत्रहरुमा यतिबेला आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लाग्न थालेको छ ।

मोरङको बेलबारी २ मा पर्ने बेतना सिमसारमा पनि यतिवेला पर्यटकको घुइँचो छ । एसइइ सकेर बसेका विद्यार्थीहरुका लागि नजिकै रहेको पर्यकीय क्षेत्र बेतना पहिलो रोजाइमा पर्न थालेको छ । आन्तरिक रुपमा विशेष गरेर विद्यालय छुट्टिको समय भएकाले वढी पर्यटन भित्रिने गरेका छन् । बेतनामा अन्य दिन भन्दा शनिवार अत्यन्तै भिड लाग्ने गरेको छ । शनिबार त भित्र सबैतिर भिडभाड नै हुने गरेको वेतना सामुदायिक वन तथा सिमसारका अध्यक्ष डम्बर बहादुर बस्नेतले बताए । हिजोआज छुट्टिको दिन बाहेक अन्य दिन पनि दैनिक ७/८ सय पर्यटक भित्रिने गरेको बस्नेतको भनाइ छ ।

बेतनाका हरेक ठाउँहरुमा पर्यटक देख्न सकिन्छ । पिक्नीक, बोटिङ, चिडियाखान लगायतका थुप्रै स्थानहरुमा पर्यटक रमाउन सक्न् । बेतनामा पाइने ठुलठुला कछुवा झन आकर्षणको केन्द्र बन्न थालेको छ । सुख्खा मौषममा पानी कमी भइरहेका बेला माछाको हुल नै देख्न पाइन्छ । आकर्षक रुपमा पौडिने माछा हेरेर मात्रै पनि घण्टौँ सम्म भुल्न सकिन्छ बेतनामा ।

वेतनाले आफ्नो गुरु योजना पनि तयार गरेको छ । गुरु योजना अनुसार काम सम्पन्न भएपछि पूर्वको सबैभन्दा आर्षक पर्यटकीय क्षेत्र वेतना हुनेमा दुइमत छैन् । यो वर्ष पर्यटन मन्त्रालयबाट १ करोड रुपैया वेतनालाई परेको छ । सो रकमबाट काम सुरु गर्नका लागि सम्झौताको तयारी भएको अध्यक्ष बस्नेतले जानकारी दिए । पूर्व पश्चिम राजमार्ग देखि दक्षिणपटिको भागमा वेतनाले निकै आर्षक पर्यटकीय क्षेत्र बनाउने तयारी गरेको छ । गुरु योजना अनुसार नै काम अगाडी बढ्ने बस्नेतले बताए ।

सम्बन्धित खवर