सुनसरीको जुद्धगञ्जमा आगलागीबाट ९ घर जलेर नष्ट

सुनसरीको जुद्धगञ्जमा आगलागीबाट ९ घर जलेर नष्ट

सुनसरीको कोशी गाउँपालिका ४ जुद्धगञ्जमा शुक्रबार बिद्युत सर्ट भई आगलागी हुँदा ९ घर जलेर नष्ट भएको छ ।

विहान हावाहुरीका कारण बिजुलीको लाईन सर्ट भई आगलागी भएको हो । स्थानीय रहमान मन्सुरीको घरमा आगलागी हुँदा छिमेकी ललित मिया, सलिम मिया, फिरोज मिया, फरोज मिया, मलिम मिया, कलाम मिया, ऐजुक मन्सुरी र कैजुम मन्सुरीको घरमा आगलागी भएको प्रहरीले जनाएको छ ।

आगलागी ईनरुवा, ईटहरी, दुहबीबाट गएको दमकल, प्रहरी र स्थानीयवासीको सहयोगमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।आगलागीबाट करिब २३ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यलय सुनसरीका प्रहरी उपरीक्षक राजन अधिकारीले जानकारी दिए ।

 

सम्बन्धित खवर