हुरी प्रभावितलाई प्रदेश १ सरकारले एक करोड सहयोग गर्ने

हुरी प्रभावितलाई प्रदेश १ सरकारले एक करोड सहयोग गर्ने

गत आइतबार बारा र पर्सा जिल्लामा गएको हावाहुरीबाट पीडितलाई प्रदेश नम्बर एक सरकारले पनि १ करोड रूपैयाँ सहयोग उपलब्ध गराउने भएको छ। बिहीबार साँझ बसेको प्रदेश सरकारको बैठकले एक करोड रूपैयाँ सहयोग गर्ने निर्णय गरेको हो। उपलब्ध गराईने रकम प्रदेश नम्बर २ सरकारको राहत तथा उद्दार कोषमा जम्मा गरिनेआर्थिक मािमला तथा योेजना मन्त्री ईन्द्र आङ्बोले जानकारी दिए।

त्यस्तै बैठकले विभिन्न विधेयकहरु तर्जुमा गर्न सैद्धान्तिक सहमति समेत प्रदान गरेको छ । प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री आङ्वोले विभिन्न मन्त्रालयले कानुन बनाउन तथा अन्य कार्य्विधिका प्रस्तावलाई सैदान्तिक स्विकृती दिएको जानकारी दिए ।

विहिबारको बैठकले प्रदेश प्रहरीको गठन, सेवा सर्त र सञ्चालन सम्बन्धमा गर्न बनेको विधेयक २०७५ लाई सैदान्तिक स्विकृती दिएको छ । त्यस्तै गाँउ तथा नगरसभाका सदस्यहरुको सुविधा २०७५ लाई संसोधन गर्न बनेको विधेयक प्रदेश सभामा पेश गर्न स्विकृत गरेको छ । वृहत्तर विराट विकास क्षेत्र सम्बन्धमा व्यबस्था गर्न बनेको विधेयक २०७५ को तर्जुमा गर्न पनि स्विकृती दिएको छ ।

त्यस्तै बैठकले दोश्रो पिण्डेश्वर अर्धमहाकुम्भ मेला व्यबस्थापन गर्न मुल समारोह सहयोग समिति गठन गरेको छ । संघसस्थालाई प्रदान गरिने अनुदान सम्बन्धी कार्य्विधि २०७५ लाई स्विकृत गरेको छ ।

सम्बन्धित खवर