स्थानीय युवाहरुको सहयोगमा सडकको मुहार फेरिदैँ

स्थानीय युवाहरुको सहयोगमा सडकको मुहार फेरिदैँ

अजय बास्कोटा, पथरी

स्थानीय युवाहरुले दिल खोलेर सहयोग गरेपछि देवेन्द्र वनेम टोलको सडकले मुहार फेरेको छ । मोरङको पथरीशनिश्चरे ९ स्थित देवेन्द्र वनेम टोलको सडक स्तर उन्नतीका लागि युवाहरुले ७५ हजार रकम सहयोग गरेका छन् । प्रविधिक स्टिमेट अनुसार ग्राभेलको काम सम्पन्न भएको थियो । तर आफ्नो गाउँको बाटे स्तरीय बनाउनका लागि उनिहरुले सहयोग गरेका हुन् । सो सहयोगबाट हाल रोलर लगाउने काम भइरहेको छ ।

नगरले सो सडकका लागि ५ लाख रुपैया विनियोजन गरेको थियो । १० मिटर चौडाइको ६ सय ५० मिटर लम्बाइको सडक स्तर उन्नती गरेर ग्राभेल सहित रोलर गरिएको छ । सो सडकको काम ९० प्रतिशत् पुरा भएको उपभोक्ता समिति अध्यक्ष भागेश्वर ओख्राबुले बताए । अब केही दिनमा नै निर्माण सम्पन्न गर्ने गरी काम भइरहेको ओख्राबुको भनाइ छ । सो सडक वडा नं. ९ को जुंगे चोक देखि देवेन्द्र वनेम टोल हुदैँ वडा नं. ८ सम्म पुग्ने गर्दछ ।

आफ्नो गाउँको सडकको सतर उन्नती गर्नका लागि हाल वैदेशिक रोजगारीमा विभिन्न देशमा रहेका र स्थानीय युवाहरुले मध्ये प्रकाश पाहिम लिम्बू इजरायलबाट १० हजार, नरेन्द्र ओख्राबु लिम्बू दुवइबाट १० हजार, विजय लिम्बू हङकङबाट १० हजार, चन्द्रा मगर काठमाडौँबाट ५ हजार, अनुप साँवा लिम्बू कुवेतबाट ५ हजार र मंजित मगरले युकेबाट १० हजार सहयोग गरेको उपभोक्ता समितिका सह–सचिव नरेन लिम्बूले जानकारी दिए ।

नगरको बजेटबाट रोलर लगाउन अपुग भएको रकम सहयोग गरेर सामाजिक काम गरेकोमा समितिका सचिव देवेन्द्र वनेमले सबैलाई धन्यवाद दिएका छन् ।

सम्बन्धित खवर