दुहवी गोल्डकपको फाइनलमा दाउफिन्सको भेट आर्मीसँग पक्का

दुहवी गोल्डकपको फाइनलमा दाउफिन्सको भेट आर्मीसँग पक्का

दुहवी, दाउफिन्स फुटबल परिवार क्यामरुन तेस्रो मन मोहन मेमोरियल दुहवी गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

सुनसरीस्थित दुहवी रंगशालामा बिहीबार भएको सेमिफाइनलमा दाउफिन्सले मेची नेत्रालय काकरभित्ता फुटबल ट्रेनिङ सेन्टरलाई ३–० ले पराजित गर्दै फाइनलमा आर्मीसँगको भेट पक्का गरेको हो । आर्मीले बुधबार रुस्लान थ्री स्टार क्लबलाई २–० ले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको थियो । आर्मी र दाउफिन्सबीचको खेल शनिबार हुनेछ ।

दाउफिन्सले खेलको शुरुवातदेखि नै मेची नेत्रालयलाई दवावमा राखेको थियो । फलस्वरुप खेलको १०औं मिनेटमा दाउफिन्सले खेलमा अग्रता लिन सफल भयो । ओंगुइन जुनियरले गोल गरे। ३२औं मिनेटमा पेटेंगाले गोल गर्दै अग्रता दोब्बर बनायो ।

३९औं मिनेटमा टिना डिडेरले गोल गरेपछि दाउफिन्सले पहिलो हाफमै ३–० को अग्रता बनाएको थियो । दोस्रो हाफमा दाउफिन्सले गोल गर्ने प्रयास गरेपनि मेचीले रोक्न सफल भयो । दाउफिन्सका ओंगुइन जुनिय खेलको म्यान अफ दि म्याच घोषित भए । उनले जनही १० हजार रुपैया पाए । इलेभेन इरोजको आयोजनामा भएको प्रतियोगिताको विजेताले ६ लाख रुपैया हात पार्नेछ ।

सम्बन्धित खवर