एशियन लाईफको १२ औं बार्षीक उत्सव रक्तदान गरी सम्पन्न

एशियन लाईफको १२ औं बार्षीक उत्सव रक्तदान गरी सम्पन्न

एशियन लईफ ईन्स्योरेन्स क.ली. दमक शाखाले कम्पनीको १२ औं बार्षीक उत्सबको अवसरमा सामाजिक उत्तर दायित्व अन्तर्गत पथरी बजारमा खुला रक्तदान कार्यक्रम आयोजना गरी भब्यताका साथ मनाएको छ ।

दमक शाखा प्रवन्धक शान्तिराम निरौलाको सभापतित्वमा भएको कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी दमक उपशाखाको प्रबिधिक सहयोगमा १२ महिला ३९ पुरूष गरी कुल ५१ जनाले रक्तदान गरेका थिए । कार्यक्रमा बोल्दै प्रवन्धक निरैलाले ूबीमा कम्पनी आफैमा सेवामुलक ब्यबसाय भएता पनि हरेक बार्षीक उत्सब देश ब्यापी रूपमा सामाजिक कार्यक्रम गरी मनाउने गरेको बताए । कार्यक्रममा अतिथी दमक रक्त सञ्चार प्रमुख सिदार्थ दाहालले कम्पनीले बहन गरेको सामाजिक उत्तरदायित्वको प्रशंसा गर्दै शुभकामना ब्यक्त गरेका थिए ।
पथरीशनिश्चरे क्षेत्रका स्थननिय, कम्पनिका बिमित, अभिकर्ता, कर्मचारी सहित बिजनेस मेनेजर चन्द नेपाली, नारायण कार्की, कमला शुब्बा, नरकाजी श्रेष्ठ, दिपेन्द्र अधिकारी लगायतको उपस्थिती थियो ।

दमक शाखाका जुनियर अधिकृत सरोज भण्डारीले स्वागत मन्तब्य राखेको कार्यक्रम पथरी उपशाखा प्रमुख रमेश प्रधानले सञ्चालन गरेका थिए ।

सम्बन्धित खवर