२ हप्ता पुग्न लाग्दा पनि दुर्घटनाग्रस्त साधन घटना स्थल मै

२ हप्ता पुग्न लाग्दा पनि दुर्घटनाग्रस्त साधन घटना स्थल मै

पथरी, मोरङको उर्लाबारी ८ खाइबा चोकमा दुर्घना ग्रस्त साधन १३ दिन पुग्दा पनि अझै घटना स्थलमा नै रहेका छन् । सो दुर्घटना चैत्र ८ गते भएको थियो ।

दुर्घनापछि आज सम्म पनि सवारी साधन नउठाउदाँ निकै समस्या भइरहेको स्थानीय कविता बुढाथोकीले बताइन् । आखाको अगाडी मान्छेको हात नै काटिएको थियो तर अहिले सम्म पनि यहाँ रमिता देखाएर राख्दा आफैलाई अचम्म लागेकोे बुढाथोकीले बताइन् । बाटो हिड्नेहरुले पनि त्यही गाडीमा ध्यान दिएर हिड्ने गरेका छन् । यसरी अन्य दुर्घना पनि हुने सम्भावना बढेको उनको भनाइ छ । दिनैपिछे मान्छे आउने सोध्ने गर्दा आफुलाई पनि दिक्क लाग्ने गरेको अम्बिका बुढाथोकीले बताइन् । यस विषयमा सामाजिक संजालमा पनि निकै चर्चा हुन थालेको छ ।

ट्याक्टर र टिफर दुर्घटना हुदाँ एकजनाको अंगभङ्ग नै भएको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ । आवश्यक साधन क्रेन भनेको समयमा उपलब्ध हुन नसकेका कारण दुर्घना ग्रस्त ति साधनहरु अझै घटना स्थलमा नै रहने बाध्यता भएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरिक्षक रामप्रसाद तिम्सिनाले जानकारी दिए ।

ढुङ्गा बोकेको को २ त ५३९८ नंम्बरको ट्याक्टर र बालुवा बोकेको ना ४ ख १८६७ नंक्बरको टिफर उत्तर देखि दक्षिण जादैँगर्दा दुर्घटनामा परेका थिए । दुर्घटना पश्चात दुवै साधनहरु नालीमा खसेका छन् । ट्याक्टरका धनि दमक निवासी सिंह बहादुर देवान हुन भने टिफरका धनि काठमाडौँ निवासी युवराज डाँगी हुन् । डाँगीसंग पटक पटक प्रहरीले सम्पर्क गरिरहेको छ । तर डाँगीले आज भोली भन्दै आउन उदासिनता देखाएको प्रहरी निरिक्षक तिम्सिना बताउछन् । टिफर चालक प्रहरीको नियन्त्रमा रहेको र उनलाई नियम अनुसार कार्वाही अगाडी बढाइएको तिम्सिनाले बताए । “क्रेनको व्यवस्थापन गर्नका लागि कठिन भइरहेको छ ट्राफिक प्रहरीसंग सहकार्य गरेर काम अगाडी बढाइएको छ । साहु नआएपनि हामी केही दिनमा नै त्यसको व्यवस्थापन गर्ने छौँ ।”

दुर्घटना भएको यतिका दिन सम्म पनि साहुले पनि आफ्नो सवारी साधनका विषयमा तत्परता देखाएको छैन् । प्रहरीले यसलाई प्राथमिकतामा राखेको पाइदैन । यसको व्यवस्थापन चाडौँ हुनुपर्ने आवाज चौतर्फी रुपमा उठिरहेको पाइएको छ ।

सम्बन्धित खवर