पथरीमा भीटेन र लाहुरे

पथरीमा भीटेन र लाहुरे

पथरी, मोरङको पथरीमा नेपालका चर्चित ¥यापर भीटेन र लाहुरे आउने भएका छन् । युवा पुस्ताको मनमा बस्न सफल भएका चर्चित ¥यापार भीटेन (समीर घिसिङ) र लाहुरे (आशिस राना) बैसाख ६ गते आउने भएका हुन् ।

पछिल्लो समय भीटेनको प्रस्तुति हुनै स्थानमा युवाहरुको व्यापक उपस्थिति हुने गरेको छ । पछिल्लो समय स्टेजमै ढुङ्गा मुढा सम्म भएपछि भीटेनको चर्चा झन चुलिँदै गएको छ । ‘पिस ल्याम्प इन्टरनेशनल’ले आयोजना गर्ने कार्यक्रममा यी दुइ ¥यापरद्वयलाई उतार्ने विहिबार पत्रकार सम्मेलनको आयोजना गरेर जानकारी दिइएको छ ।

यी कलाकारको साथमा गायक रबिन कन्दङवा, उत्तम थापा लगायतको उपस्थिति रहने आयोजक पिस ल्याम्पका अनुप योञ्जनले बताए ।

भिटेन र लाहुरे लगायतको उपस्थितिमा हुने लाइभ कन्सर्टमा उठेको रकम नेपाल मगर संघ र नेपाल तामाङ घेदुङलाई प्रदान गरिने योञ्जनले बताए ।

सम्बन्धित खवर