टिकटकमाथि प्रतिबन्ध लगाउन अदालतले दियो आदेश

टिकटकमाथि प्रतिबन्ध लगाउन अदालतले दियो आदेश

काठमाण्डौँ, यतिबेला विश्वभर सर्वाधिक चर्चा र प्रयोगमा आएको एप हो टिकटक । यसले रातारात कसैलाई स्टार बनाईदिएको छ भने आफनो अभिनय देखाउन र विभिन्न देशको कला संस्कृती र संगितको प्रचार गर्न पनि यो राम्रो माध्यम बनिरहेको तर मद्रास हाई कोर्टले टिकटकमाथि प्रतिबन्ध लगाउन केन्द्र सरकारलाई आदेश दिएको छ ।

कोर्टले टिकटकमा अश्लिल सामाग्रीहरु राखेको हुदा त्यसलाई बालबालिकाले समेत हेरिरहेको भन्दै केन्द्र सरकारलाई टिकटकमाथि प्रतिबन्ध लगाउन भनेको हो । टिकटकमा अश्लिल सामाग्रीहरु राखिएको कारण नै इन्डोनेशिया र बंगलादेशमा टिकटकमाथि प्रतिबन्ध लागिसकेको छ । भारतमा यसअघि पब्जी मोबाइल गेमलाई प्रतिबन्ध गरिनुपर्ने माग उठेको थियो। पब्जीले मानसिक स्वास्थ्यमा असर गर्ने बताइएको छ।

नेपाली कलाकारमा बढ्दो ‘टिकटक’ क्रेज

विश्व डिजिटल बन्दै गर्दा यसको प्रत्यक्ष प्रभाव नेपाली कलाकारमा पनि पर्ने गरेको छ । अहिले ‘टिकटक’मा १५ सेकेन्ड लामो संवाद र गीतमा आफैले अभिनय गर्दै भिडियो बनाउने ट्रेन्ड धेरै चलिरहेको छ ।

नेपाली चलचित्रका प्रायजसो कलाकारहरुले फुर्सदको समय यसमै बिताएको देखिन्छ । नायिका प्रियंका कार्की, केकी अधिकारी, पुजा शर्मा, आँचल शर्मा, नीता ढुंगाना, बर्षा राउत, अनु शाहलगायतका कलाकारको ‘टिकटक’ प्रतिको मोह धेरै देखिन्छ । त्यस्तै गायिका इन्दिरा जोशी, अभिनेता, निर्माता तथा निर्देशक शोभित बस्नेत लगायतका कलाकारहरुको अभिनय टिकटक मार्फत देख्न सकिन्छ ।

क्यामराअघि उभिने अवसर नपाउने आम मानिसलाई आफ्नो अभिनय प्रतिभा देखाउन ‘टिकटक’ले निकै नै सहयोग गरेको छ । यसमा भिडियो खिच्नलाई अरुको सहायता पनि चाहिदैन । कलाकारको ‘टिकटक’को क्रेज भने बुझि नसक्नु छ । उनीहरुभन्दा आम मानिसका भिडिओ टिकटकमा धेरै रुचाइएका छन् । यसले उनिहरुको कलाकारको क्रेजमा असर नपर्ला भन्न पनि सकिदैन ।

२०१४ मा सार्वजनिक भएको ‘टिकटक’को नाम सुरुमा म्यूजिकल्ली थियो पछि यसको विक्री पश्चात यसको नाम परिवर्तन गरेर ‘टिकटक’ राखिएको हो । अहिले यसको क्रेज यति बढ्यो की बच्चादेखि बुढासम्मले यसको प्रयोग गर्न थालेका छन् । अहिले यो चलचित्र तथा गीतको प्रचार गर्ने माध्यमसमेत बनेको छ । प्रचारका लागि चलचित्रले टिकटक कन्टेस्ट राख्ने गरेका छन् । जसमा लाखौ नगददेखि गिफ्ट ह्याम्पर पुरस्कार राखिएको हुन्छ । कन्टेस्टमा भाग लिनेले चलचित्रको १५ सेकेन्डको गीतमा अभिनय गर्नुपर्छ, जसको भिडियो धेरै रुचाइयो अर्थात धेरै लाइक तथा कमेन्ट आयो त्यो विजेता हुनेछ । यो एप पछिल्लो समय विश्वव्यापी रुपमा धेरै डाउनलोड हुने एपमा पर्छ ।
समाचार श्रोत ः पांचखाल अनलाइन

सम्बन्धित खवर