नक्कली बिल बनाएर उपमेयर सहितले गरे भ्रष्टचार्

नक्कली बिल बनाएर उपमेयर सहितले गरे भ्रष्टचार्

काठमाडौं, नेपालगंज उपमहानगरकी उपमेयरले नक्कली विल बनाएर भ्रष्टचार गरेको खुलेको छ । उपमेयर उमा थापा मगर सहभागी भएर एकै दिनमा ५ पटक सम्म खाजा र खाना खाएको बिल पेश गरेपछि यस्तो कुरा बाहिरिएको हो ।

उपमेयर थापासंगै प्रेस सल्लाहकार शुक्रऋषी चौलागाइ, पत्रकार महासंघका उपाध्यक्ष प्रदिप वाग्ले, पत्रकार आलम खान, उपमहानगरकै कर्मचारी कृष्णप्रसाद जोशी, पत्रकार रुपा गहतराजले एकै दिन ५ पटकसम्म खाना खाएको उपमहानगरपालिकामा पेश गरेको बीलमा उल्लेख गरिएको छ ।
उपमेयर थापा सहित ६ जनाको टोलीले मिति २०७५ असार १८ गते एकै दिन ५ पटक खाना र ५ पटक खाजा खाएका छन् । सो बील एक जनाको ५ सयका दरले १२ हजार ५ सयको खाना र खाजा खाएको उपमहानगरपालिकामा पेश गरेका छन् ।
पेश गरेको बील जानकी रेष्टुरेण्ट नेपालगन्जको रहेको छ । एकै दिन एक जनाले ५ पटक खाना र ५ खाजा खाएको लेखिएको उक्त बील जानकी रेष्टुरेण्टले नेपाल पत्रकार महासंघको नाममा काटेको छ ।


उपमहानगरपालिकामा पेश गरेको जानकी रेष्टुरेण्टको बील अनुसार, मिति २०७५ असार १८ गते बील नं. ८९९४ मा ५ जनाले खाना र खाजा सेट खाएको २ हजार ५ सय, मिति २०७५ असार १८ गते बील न. ८९९५ मा ५ जनाले खाना र खाजा सेट खाएको २ हजार ५ सय, मिति २०७५ असार १८ गते बील न. ८९९६ मा ५ जनाले खाना र खाजा सेट खाएको २ हजार ५ सय, मिति २०७५ असार १८ गते बील न. ८९९७ मा ५ जनाले खाना र खाजा सेट खाएको २ हजार ५ सय र मिति २०७५ असार १८ गते बील न. ८९९८ मा ५ जनाले खाना र खाजा सेट खाएको २ हजार ५ सय गरी १२ हजार ५ सयको बील रहेको छ ।

उक्त बीलको हिसाब फरफारक गर्नका लागि नेपाल पत्रकार महासंघ बाँके शाखाले महासंघकै लेटरप्याडमा छाप लगाएर २०७५ असार २४ गते नेपालगन्ज उपमहानगरपालिकामा पेश गरेको छ । यस बारे नेपालगन्ज उपमहानगरपालिकाकी उपमेयर उमा थापामगरले आफुले कागजातहरुमा हस्ताक्षर गरेको र आफुलाई अरु केही थाहा नभएको बताइन् । ५ पटक खाना खाएको भनिएकी रुपा गहतराजले ५ पटक खाना नखाएको बताईन् । ‘खाना त खाइयो होला, ५ पटक खाइएन । साथीभाइले बील मिलाउनलाई मिलाए होलान् ।’

सम्बन्धित खवर