परालको माचमा आगो लाग्दा १० हजारको क्षति

परालको माचमा आगो लाग्दा १० हजारको क्षति

पथरी, मोरङको पथरीशनिश्चरे ४ स्थित जरायोटोलमा परालको माचमा आगो लाग्दा १० हजार बराबरको क्षति भएको छ । स्थानीय रामनाथ विश्वकर्माको परालको माचमा आगो लागेको हो ।

विहिबार विहान १० बजे माचमा आगो लागेको थियो । आगलागी हुनासाथ पुगेको प्रहरी सहित स्थानीयको टोलीले १ घण्टामा आगो पूर्णरुपमा नियन्त्रणमा लिएको जनाइएको छ । एकासी परालको माचमा आगो लागेको थाहा पाएकपछि स्थानीय, प्रहरी, शसस्त्र प्रहरीले आगो नियन्त्रणमा लिएको हो । आगलागीबाट एक विगाहा खेतको पराल  परालको माच पुरै खरानी भएको छ । बेलैमा आगोलाई नियन्त्रणमा लिएकाले ठुलो क्षति भने नभएको कुशेचौरी प्रहरी चौकीले जनाएको छ । समयमा आगो नियन्त्रणमा नआएको भए छेउमा रहेको घरमा पनि क्षति पुग्न सक्ने प्रहरीले जनाएको छ ।

सम्बन्धित खवर