रुस्लान थ्री स्टारलाई २–० पराजित गर्दै आर्मी दुहवी गोल्डकपको फाइनलमा

रुस्लान थ्री स्टारलाई २–० पराजित गर्दै आर्मी दुहवी गोल्डकपको फाइनलमा

‘ए’ डिभिजन प्रतिद्धन्द्धी ललितपुरको रुस्लान थ्री स्टारलाई पराजित गर्दै विभगीय त्रिभुवन आर्मी क्लब तेस्रो मन मोहन मेमोरियल दुहवी गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

सुनसरीस्थित दुहवी रंगशालामा बुधबार भएको सेमिफाइनलमा आर्मीले थ्री स्टारलाई २–० ले पराजित गर्दै प्रतियोगिताको उपाधिनजिक पुगेको हो ।आर्मीको जितमा कप्तान भरत खवास र टेक बहादुर बुढाथोकीले गोल गरे । दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो ।

खेलको ५१औं मिनेटमा कप्तान भरत खवासले गोल गर्दै आर्मीलाई अग्रता दिलाएका थिए । ६६औं मिनेटमा टेक बहादुर बुढाथोकीले गोल गर्दै आर्मीलाई २–० को जित दिलाए । आर्मीका कप्तान भरत खवास खेलको म्यान अफ दि म्याच घोषित भए । उनले जनही १० हजार रूपैया पाए ।

प्रतियोगितामा बिहीबार दाउफिन्स फुटबल परिवार क्यामरुन र मेची नेत्रालय काकरभित्ता फुटबल ट्रेनिङ सेन्टरबीच दोस्रो सेमिफाइनल खेल हुनेछ । विजेताले शनिबार उपाधिका लागि आर्मीसँग खेल्नेछ ।

सम्बन्धित खवर

%d bloggers like this:
%d bloggers like this: