पाँचथरमा १३ वर्षीया छात्रालाई ललाइफकाइ यौन दुव्र्यवहार गर्ने शिक्षक पक्राउ

पाँचथरमा १३ वर्षीया छात्रालाई ललाइफकाइ यौन दुव्र्यवहार गर्ने शिक्षक पक्राउ

१३ वर्षीया छात्रालाई ललाइफकाइ यौन दुव्र्यवहार गरेको आरोपमा पाँचथरमा प्रहरीले एक जना शिक्षकलाई पक्राउ गरेको छ । कक्षा ८ मा अध्ययनरत आफ्नै विद्यार्थीलाई यौन दुव्र्यवहार गरेको आरोपमा पाँचथरको हिलिहाङ गाउँपालिकामा कार्यरत सप्तरीको शम्भुनाथ गाउँपालिका घर भएका शिक्षक उपेन्द्र चौधरी मंगलबार पक्राउ परेका हुन् । विज्ञान विषयका शिक्षक चौधरीले बालिका घरमा एक्लै भएको मौका छोपी ललाइफकाइ यौन दुव्र्यवहार गरेको पीडितले बयान दिएकी छन् ।

बालिकालाई परीक्षामा प्रथम बनाइदिने प्रलोभन देखाउँदै यौन दुव्र्यवहारको प्रयास गरेको पीडित आफन्तले प्रहरीमा उजुरी दिएपछि चौधरीलाई मंगलबार नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । चौधरीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक अनिलकुमार पौडेलले जानकारी दिए ।

सम्बन्धित खवर