कामना सेवा विकास बैंकको ८० औँ शाखा पथरीमा (भिडियो सहित)

कामना सेवा विकास बैंकको ८० औँ शाखा पथरीमा (भिडियो सहित)

पथरी, कामना सेवा विकास बैंकले ८० औँ शाखाका रुपमा मोरङको पथरीमा कारोबार सुरु गरेको छ । बुधबार एक कार्यक्रमको आयोजना गर्दै कामना सेवाले आफ्नो कारोबार सुरु गरेको हो ।

राष्ट्रिय बैंकको मान्यता पाएपछि कामनाले देशैभर आफ्नो सेवा सुरु गर्ने क्रममा पथरीमा पनि कारोबार सुरु गरेकोे हो । नेपाल राष्ट्र बैंकबाट “ख” वर्गको मान्यता प्राप्त कामनाले पश्चिमी क्षेत्रमा बढि मात्रामा शाखा विस्तार गरिरहेको थियो । पछिल्लो समय कामनाले प्रदेश १ का अधिकांस ठाउँहरुमा हाखाहरु विस्तार गरिरहेको वैंकका प्रदेश १ प्रमुख सुजन छाराहाङले बताए । प्रदेश १ को विर्तामोड, दमक, उर्लाबारी र पथरीमा शाखा विस्तार भइसकेको छाराहाङले बताए । विहिबार मोरङको सुन्दरहरैँचामा ८१ औँ शाखाको सुभारम्भ हुने र चाँडै नै इटहरी, धरान, विराटनगर, केराबारी लगाएतका स्थानमा पनि शाखा विस्तार गरिने छाराहाङले बताए ।

सेवाग्राहीलाई सन्तुष्ट रुपमा सेवा प्रदान गर्नु बैंकको मुख्य उद्देश्य रहेको बैंकका कार्यकारी अधिकृत प्रविण बस्नेतले बताए । १२ वर्ष अघि स्थापना भएको यस बैंकमा हाल १५ हजार माथि सेवाग्राहीहरुलाइ ऋण प्रदान गरिएको बस्नेतले बताए । यसको हाल निक्षेप कर्ता २ लाख ५० हजार भन्दा पनि माथि रहेको बस्नेतले बताए । विशेष गरेर साना मझौला उद्योग व्यावसायलाई प्राथमिकता दिदै आएको बैंकले सरल रुपमा छिटो छरितो कर्जा प्रवाह गर्ने पनि बस्नेतको भनाइ छ । आगामी वि.स. २०८० सम्ममा देशै सबैभन्दा ठुलो बैंकका रुपमा विकास गरिने बस्नेतले बताए ।

भिडियो हेर्नुहोस

अतिथिका रुपमा रहेका पथरीशनिश्चरे १ का वडा अध्यक्ष बाबुराम एङ्देनले कृषिमा लगानी गर्न सुझाव दिए । नगरको बढि जनसंख्या कृषिमा आधारित रहेको हुदाँ कृषि क्षेत्रमा र युवाको स्वरोजगारका लागि वढि ऋण लगानी गर्नुपर्ने एङदेनले बताए ।

पथरीशनिश्चरेमा कामना विकास समेत गरेर १२ वटा बैंकहरु स्थापना भएका छन् । १२ वटा मध्ये कामना विकासले अपाङ्ग तथा वृद्धवृद्धा मैत्री वातावरणमा आफ्नो सेवा सुरु गरेको छ । सबै वैँकहरु भवनको माथिल्लो तलामा भएकाले अपाङ्ग र वृद्धवृद्धालाई समस्या भएरहेको थियो । कामनाको यो सेवासंगै अब पथरीमा मैत्रिपूर्ण रुपमा बैकिङ्ग सेवा सुरु भएको छ ।

सम्बन्धित खवर

%d bloggers like this:
%d bloggers like this: