मोरङ र सुनसरीका ३० जना युवाबाट क्यानडा पठाउने नाममा डेढ करोड ठगी

मोरङ र सुनसरीका ३० जना युवाबाट क्यानडा पठाउने नाममा डेढ करोड ठगी

मोरङ र सुनसरीका युवालाई वैदेशिक रोजगारीका लागि क्यानडा पठाउने भन्दै ठगी गर्ने समुहका नाइके निरञ्जन पुरी, गणेशप्रसाद गिरी, दिपेन्द्र झासहित स्थानीय दलाललाई पक्राउ गरी उपस्थित गराउन श्रम तथा रोजगार कार्यालय विराटनगरका प्रमुख प्रेमप्रसाद सञ्जेलले प्रहरीलाई पत्र लेखेका छन् ।

बाँके घर भई दिल्ली बस्दै आएका पुरी, झापा घर भएका गिरी र झासहितको समूहले क्यानडा पठाउने भन्दै रकम उठाएर फरार भएपछि पीडितले श्रम कार्यालयमा छुट्टा–छुट्टै उजुरी गरेका छन् । दलालबाट ठगिएपछि सुनसरीका ६ जना र मोरङका ७ जनाले श्रम कार्यालय विराटनगरमा छुट्टा–छुट्टै उजरी गरेका हुन् । मोरङमा ३० जना भन्दाबढी व्यक्ति ठगिएपनि सबै उजरी गर्न आएका छैनन् ।

श्रम तथा रोजगार कार्यालय विराटनगरका प्रमुख प्रेमप्रसाद सञ्जेल

सुनसरी रामधुनी नगरपालिकाका ६ जना स्थानीय युवाहरूबाट ३७ लाख उठाएर दलाल फरार भएको भन्दै उजरी गरेका छन् । धर्मेन्द्र चौधरी, योगनारायण चौधरी, सुरज चौधरी, लिलेन्द्र चौधरी, कृष्णकुमार चौधरी र सन्तोष चौधरी ठगिएका हुन् । असारमा नै पठाउने भन्दै पाँच जनाबाट सात लाखका दरले ३५ लाख र कृष्ण चौधरीसँग २ लाख रुपैयाँ उठाएका थिए ।

रामधुनीका ६ जना स्थानीयलाई राजन राजवंशी, किशोरकुमार ठाकुर, विनोदकुमार ठाकुरले विदेश पठाउने भन्दै पैसा उठाएका हुन् । पीडितहरूका अनुसार मुख्य एजेण्ट निरञ्जन पुरी, गणेशप्रसाद गिरी, दिपेन्द्रकुमार झा लगायत हुन् ।

गिरी, पुरी र झासहितको समूहले नक्कली भिसा र प्लेन टिकट देखाएर मोरङ रंगेली, सुनवर्षी आसपासका ३० जना युवालाई ठगी गरेका श्रम कार्यालय विराटनगरका प्रमुख प्रेमप्रसाद सञ्जेलले जानकारी दिए । उनका अनुसार दलालले क्यानडा पठाउने नाममा डेढ करोड भन्दाबढी ठगी गरेका छन् ।

ठगी गर्नेहरूका नाइके भनिएका निरञ्जनको स्थायी ठेगाना नेपालगञ्ज हो । तर, उनी दिल्लीमा छन् । झापाको गौरीगञ्ज गाउँपालिका ४ का गणेशप्रसाद गिरी र दिपेन्द्रकुमार झा नेपालमा नै बस्दै आएका छन् । उनीहरूको समूहले मोरङका सात जना युवाको प्रतिव्यिक्त ५ लाख रुपैयाँको दरले ३५ लाख लिएर फरार भएको श्रम कार्यालयमा उजुरी परेको थियो ।

मोरङ सुनवर्षी ९ का वर्षीय हंशराज राजवंशी, सोही ठाउँका कशंराज राजवंशी, पंकज राजवंशी, अजय देवगत राजवंशी, प्रेमलाल राजवंशी, सुवासकुमार मण्डल र रंगेली नगरपालिका– ५ का सुवासकुमार मण्डलले ठगिएको भन्दै गत पुसमा श्रम कार्यालयमा निवेदन दिएका थिए ।

रंगेली र सुनसरी रामधुनीको घटना एउटै प्रकृतिको भएकाले मुख्य दलाल पनि एउटै रहेको प्रेमप्रसाद सञ्जेल बताउँछन् । रंगेली र सुनवर्षी आसपास ३० जनाभन्दा बढीबाट डेढ करोड उठाएर दलाल फरार भएको जानकारी आएको सञ्जेलले बताए । उनले ठगिएको उजुरी आएपछि पक्राउ गरी उपस्थित गराउन मोरङ, झापा र बाँके प्रहरीलाई पत्र लेखेको बताए ।

समचारस्रोत–कोशीअनलाइन   

 

सम्बन्धित खवर