पथरीशनिश्चरेमा १ सय ६ प्रिन्ट रगत संकलन

पथरीशनिश्चरेमा १ सय ६ प्रिन्ट रगत संकलन

पथरी,

बारा, पर्सा र रौतहटमा हावाहुरी पिडीतका लागि आवश्यक रगतको परिपूर्ती गर्न मोरङको पथरीशनिश्चरे नगरपालिकामा आयेजना गरिएको रक्तदान कार्यक्रममा १ सय ६ प्रिन्ट रगत संकलन भएको छ ।
पथरीशनिश्चरे नगरपालिका र नेपाल पत्रकार महासंघ सम्पर्क कार्यालय पथरीको सहकार्यमा भएको कार्यक्रममा १ सय ६ जनाले रगतदान गरेका छन् ।

कार्यक्रमको उद्घाटनका क्रममा बोल्दै नगरपालिका उपप्रमुख यमुना विष्ट वास्तोलाले हावाहुरीबाट घाइतेहरुको सहयोगका लागि रगत संकलन गरिएको वताउँदै विपतमा परेकाहरुको सहयोगमा नगरपालिका सधैं लागि पर्ने समेत प्रतिवद्धता जनाउनु भयो । पालिकाहरुको अनि जनप्रतिनिधिहरुको काम नै जहाँ विपत पर्छ, त्यहाँ सहयोग र सेवा पुर्याउने रहेको जनाउनु भयो । अभियानमा जनप्रतिनिधि, कर्मचारी, पत्रकार, समाजसेवी, विद्यार्थी, विभिन्न पेशागत समूहले रक्तदान गरेका छन् । रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी सुनसरीको प्राविधिक सहयोग रहेको थियो ।

सम्बन्धित खवर