गुणस्तरीय काम गर्न नगरको निर्देशन

गुणस्तरीय काम गर्न नगरको निर्देशन

पथरी, मोरङको पथरीशनिश्चरे नगरपालिका कार्यालयले आफ्नो नगरमा भएका र हुने योजनाहरुको काम चुस्त दुरुस्त सम्पन्न गर्न सम्वद्ध पक्षलाई निर्देशन दोहोर्याएको छ ।

नगरपालिका उपप्रमुख एवम् अनुगमन् समिति संयोजक यमुना विष्ट वास्तोलाको अगुवाईको टोलीले विभिन्न योजनाहरुको अगुगमन्का क्रममा त्यस्तो निर्देशन दोहोर्याएको हो ।

अनुगमन् समिति संयोजक वास्तोलाले गुणस्तरीय काम गरेर नगरको विकास गर्न आम नगरवासीको दायित्व भएको हुँदा नगरवासीले पनि आआफ्नो ठाउँमा भइरहेको कामको चासो दिएर हेर्न अनुरोध गर्नुभयो । उहाँले केही ठाउँको कामको गुणस्तरीयताको परीक्षणका लागि नमूना समेत संकलन गरिएको बताउनु भयो ।

टोलीले, ३ र ७ को सीमानाको पुल, ९ नम्वरस्थित रिंगुवाको ड्रेन, ७ को किर्तिपुर क्षेत्रका सडक लगायतको पछिल्लो पटक अनुगमन् गरेको छ ।

सम्बन्धित खवर