भोजपुरमा बिजुलीको पोलबाट लडेर १ को मृत्यु

भोजपुरमा बिजुलीको पोलबाट लडेर १ को मृत्यु

भोजपुरको ट्याम्के मयुम गाउँपालिका ५ खावा रेम्बो भन्ने स्थानमा सोमवार बिजुलीको पोलबाट लडेर १ जनाको मृत्यु भएको छ । दिउँसो ३ बजे बिजुलीको पोलमा चढेर लाईन मर्मत गर्ने क्रममा पोलबाट चिप्लिएर लड्दा विद्युत प्राधिकण भोजपुरमा कार्यरत प्राविधिक भोजपुर पौवादुम्मा २ तिवारीभञ्ज्याङ बस्ने वर्ष २७ को नबिन राईको घटनास्थलमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय दिल्पाले जनाएको छ । घटनास्थलमा जिल्ला प्रहरी कार्यालय भोजपुरबाट प्रहरी टोली खटि गई कानूनी प्रकृया पश्चात शव परिक्षणको लागि जिल्ला अस्पताल भोजपुरमा राखिएको उक्त कार्यालयले जनाएको छ ।

सम्बन्धित खवर