सामाजिक संजाल कम्पनीलाई कानुनी दायरामा ल्याइने, मन्त्री गोकुल बास्कोटा

सामाजिक संजाल कम्पनीलाई कानुनी दायरामा ल्याइने, मन्त्री गोकुल बास्कोटा

संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले सामाजिक संजाल प्रयोगकर्तालाई नियन्त्रण हुने गरी कुनै कानुनी ल्याउन नसक्ने बताएका छन् । तर, उनले सामाजिक संजाल कम्पनीलाई कानुनी दायरामा ल्याउन लागिएको बताएका थिए ।

सोमबार संघीय संसदको विकास तथा प्रविधि समितिको बैठकमा ‘सूचना प्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथिको छलफलमा भाग लिँदै मन्त्री बास्कोटाले सामाजिक मूल्य, मान्यता विपरित प्रयोग भएका कम्पनीलाई कारबाही गर्ने कानुनी व्यवस्था गर्न लागेको बताए । उनले युरोप र अमेरिकी मुलुकमा पनि सामाजिक मूल्य र मान्यता विपरितका सूचना प्रवाह गर्ने सामाजिक संजाललाई कारबाही गर्ने कानुनी व्यवस्था गरिएको बताएका थिए ।

सरकारले ल्याएको विधेयकमा सामाजिक संजाल प्रयोगकर्ता कम्पनीले जथाभावी सूचना प्रवाह गरे कारबाही हुने प्रस्ताव गरिएको छ । ती कम्पनीलाई जथाभावी सूचना प्रवाह गर्न नदिन सरकारले कानुनी व्यवस्था गर्न लागिएको मन्त्री बास्कोटाको भनाई छ । नेपालमा हाल ९३ लाख फेसबुक प्रयोगकर्ताहरु रहेका छन । त्यसैगरी ६० लाख यूटुव प्रयोगकर्ता तथा ४० लाख ट्वीटर प्रयोगकर्ताहरु नेपालमा रहेको उनले जानकारी दिए ।

सम्बन्धित खवर

%d bloggers like this:
%d bloggers like this: