ओरियन्सको अवैध धन्दा चलाउदैँ आएका ६ जना इटहरीबाट पक्राउ

ओरियन्सको अवैध धन्दा चलाउदैँ आएका ६ जना इटहरीबाट पक्राउ

इटहरी, नेपालमा अबैध मानिएको ओरियन्सको नेटवर्किङ धन्दा चलाउदै हिड्ने ६ जना इटहरीबाट पक्राउ परेका छन् । ओरियन्स नेटवर्किङको नाममा होस्टेल नै खोलेर सर्वसाधरणलाई ठगी गर्ने उनिहरुलाई इटहरी प्रहरीले पक्राउ गरेको हो ।

उनिहरुलाई इटहरी ५ मा सञ्चालन गरी बसेको होस्टलबाट ओरियन्सका औषधी सहित पक्राउ गरिएको प्रहरीले पत्रकार सम्मेलनमा जानकारी दिएको छ । उनिहरुको साथबाट २८८ थान ओरियन्सका बिभिन्न औषधिहरु बरामद गरिएको छ ।

पत्रकार सम्मेलनका क्रममा डिएसपी समिरचन्द्र खरेलले सर्वसाधरणको करिब ९ लाख १३ हजार ठगी गरेको जानकारी दिए । १५ जनाको किटानी जाहेरीको आधारमा उनिहरुलाई पक्राउ गरिएको र ठगी मुद्धा चलाइएको पनि खरेलले जनाएका छन् ।

पक्राउ पर्नेहरुमा सर्लाही लालबन्दीका सम्भु बहादुर भुजेल, सुर्खेतका प्रकाश राउत, सोही स्थान बस्ने महेश शर्मा, लक्ष्मी पुन मगर, र मनिषा सुवेदी र सप्तरीका अर्जुन प्रसाद चौधरी छन् ।

ओरियन्स नेपालमा प्रतिबन्धित नेटवर्किङ व्यवसाय हो । ओरियन्सले सामाजिक संजाल तथा विभिन्न माध्यम द्वारा पिरामिड शैलीमा सर्वसाधरणलाई सदस्य बनाउदै कम्पनिका सामानहरु बिक्री गर्ने गरेको, जति धेरै रकम भुक्तानी गर्यो त्यती ठुलो पद (Dimond) पाइने भनि आश्वासन दिदैँ ठगी गर्ने गरेको डिएसपी खरेलले बताए ।
समाचार श्रोत ः पूर्वेली न्युज

सम्बन्धित खवर