३२ करोडको लागतमा नोवेलले अन्तर्राष्ट्रिय स्तरको पार्किङ र बगैँचा बनाउने (भिडियो सहित)

३२ करोडको लागतमा नोवेलले अन्तर्राष्ट्रिय स्तरको पार्किङ र बगैँचा बनाउने (भिडियो सहित)

बिराटनगर, नोबेल शिक्षण अस्पताल बिराटनगरले ३२ करोड लागतमा अन्तराष्ट्रिय स्तरको बगैँचा र पार्किङ स्थल बनाउने तयारी गरेको छ । अस्पताललाई व्यवस्थित, स्वच्छ, मनमोहक एवम् स्वाथ्य दृष्ट्रिले उत्कृष्ट वातावरण बनाउँन नोबेलले सो योजना ल्याएको जनाएको छ ।

नेपालमा नै अत्याधुनिक उपकरणहह्रुबाट उपचार गरिरहेको नोवेलले अन्य अस्पतालहरु मध्ये फरक र आधुनिक बनाउँन लागिएको बगैंचा र पार्किङको काम आगामी २०७७ साउन सम्ममा पुरा हुँने अस्पताल सञ्चालक डा. सुनिल शर्माले बताए । शर्माका अनुसार बगैँचार पार्किङका लागि ‘निर्माण कम्पनीसँग सम्झौता भईसकेको छ।’

डा. शर्माले भन्नुभयो ‘अवको १५ महिना भित्र अन्तर्राष्ट्रिय स्तरको बगैंचा बनिसक्छ।’ यसका लागि नमुना कन्ट्रक्सनसँग निर्माण सम्झौता भएको छ। टेक्नोक्य्राट कन्सल्टेन्ट प्रा.लि. र ड्रिम डेभलपर्स प्रा.लि.ले गार्डेन डिजाईन गरेका छन्। आगामी साताबाटै काम सुरु गरिने निर्माण कम्पनीले जनाएको छ।

के के बन्दैछ सो योजनामा ?

बगैंचामा बालबालिकाहरुका लागि बाल उद्यान, बिरामी र कुरुवाका लागि क्यान्टिन, मन्दिर, वाटर फाउण्डेसन, बोटबिरुवा र बस्नका लागि आरामदायी कुर्सीहरु राखिनेछ। त्यस्तै सामाग्री खरिदका लागि सुपरमार्केट, कपाल, दारी काट्नका लागि सैलुन, फार्मेसी, प्याराफिटसहितको स्टेज लगायत रहनेछ। त्यस्तै व्यवस्थित पार्किङ पनि बनाईने इन्जिनियर ढकेन्द्र बमले बताए ।

अस्पतालका प्रवन्ध निर्देशक इन्दिरा शर्माका अनुसार व्यवस्थित रुपमा बन्ने बगैंचाका कारण मनोरम वातावरणका कारण बिरामी र कुरुवाको अस्पताल बसाई मनोरम हुँने विश्वास गरिएको छ । शर्माले भनिन् ‘बिरामी र कुरुवाले अस्पताल परिषरमा घुम्दा स्तरीय पार्कको आभास गर्नेछन्।’

स्वाथ्यका हिसाबले उत्कृष्ट मानिदै आएको नोवेलले निकै सामाजिक कामहरु पनि गरिरहेको छ ।

भिडियो


सम्बन्धित खवर

%d bloggers like this:
%d bloggers like this: