एपिएफ आर्मीलाई हराउदै केएनपी महिला भलिबल च्याम्पियन

एपिएफ आर्मीलाई हराउदै केएनपी महिला भलिबल च्याम्पियन

काठमाण्डौँ– नेपाल एपिएफ क्लब केएनपी राष्ट्रिय महिला भलिबल च्याम्पियन बनेको छ । विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई मंगलबार ३–०को सोझो सेटमा हराउँदै एपिएफले उपाधि रक्षा गरेको छ।

लगनखेलस्थित सैनिक तालिम केन्द्रको कोर्टमा भएको फाइनलमा एपिएफले २५–१४,२५–९,२५–१५ ले नतिजा आफ्नो पक्षमा पारेको हो । त्यस अघि नेपाल पुलिस क्लबलाई ३(० को सेटमा हराउँदै न्यू डायमन्ड प्रतियोगितामा तेस्रो भएको थियो । प्रतियोगिताको उपाधि जित्दै २ लाख रुपैयाँ प्राप्त गरेको एपीएफले व्यक्तिगत अवार्डतर्फ पनि वर्चस्व कायम गर्यो । उपविजेता आर्मीले १ लाख तथा तेस्रो स्थानको होंगान्जी न्यू डायमन्डले ५० हजार रुपैयाँ प्राप्त गरेको थियो ।

व्यक्तिगत विधा विजेता (जनही ७ हजार रुपैयाँ)
उत्कृष्ट ब्लकर–हिरा केसी (एपीएफ)
उत्कृष्ट डिफेन्स – मनिषा तामाङ (एपीएफ)
उत्कृष्ट लिफ्टर – विनिता बुढाथोकी (एपीएफ)
उत्कृष्ट सर्भर – सोफिया पुन (आर्मी)
उत्कृष्ट क्विकर – सुनिता खड्का (आर्मी)
उत्कृष्ट स्पाइकर – प्रतिभा माली (न्यू डायमन्ड)
उत्कृष्ट प्रशिक्षक – पुष्प मल्ल (एपीएफ)

प्लेयर अफ द फाइनल – नेविका चौधरी (एपीएफ) – ५ हजार रुपैयाँ
सर्वोत्कृष्ट खेलाडी – सरस्वति चौधरी (एपीएफ) – १५ हजार रुपैयाँ

सम्बन्धित खवर