प्रदेश एकका १ सय ३७ वटै स्थानीय तहलाई सञ्चार सामाग्री हस्तान्तरण

प्रदेश एकका १ सय ३७ वटै स्थानीय तहलाई सञ्चार सामाग्री हस्तान्तरण

आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रदेश १ का १ सय ३७ वटै स्थानीय तहलाई सञ्चार सामाग्री हस्तान्तरण गरेको छ ।

आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले विपद् प्रतिकार्य केन्द्र सञ्चालन गर्न कप्युटर, प्रिन्टर र मोबाइल सेट प्रदान गरेका हुन् । स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरूलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयले एक–एक थान कप्युटर, प्रिन्टर र मोबाइल सेट हस्तान्तरण गरेको हो ।

चालु आर्थिक बर्षको बजेट कार्यक्रमबाट १ करोड १७ लाख रूपैयाँ मूल्य बराबरका सञ्चार उपकरणहरू प्रदान गरिएको मन्त्रालयले जनाएको छ । कम्प्युटर र प्रिन्टरलाई स्थानीय तहमा रहने विपद् व्यवस्थापन शाखामा राखेर विपद्का घटनाहरूको सूचना सम्प्रेषण गर्ने प्रयोजनका लागि प्रयोग गरिने र मोबाइललाई मन्त्रालयले तयार पारेको डिजाष्टर पोर्टल र मोबाइल एप्लिकेशनको प्रयोजनका लागि प्रयोग गरिने मन्त्री कार्कीले जानकारी दिए ।

सम्बन्धित खवर