मोरङको बेलबारीमा आफनै छोरी बलात्कार गर्ने बाबु पक्राउ

मोरङको बेलबारीमा आफनै छोरी बलात्कार गर्ने बाबु पक्राउ

बेलबारी–मोरङको बेलबारीमा आफ्नै छोरी बलात्कार गर्ने बाबु पक्राउ परेका छन । मोरङको बेलबारी ११ भाङबारीका एक जना आफ्नै छोरीलाई यौन दुब्र्यबहार गरेको आरोपमा पक्राउ परेका छन ।

१४ बर्षिया छोरी कला लावती (नाम परिबर्तन) को जाहेरीका आधारमा उनलाई सोमबार पक्राउ गरिएको ईलाका प्रहरी कार्यलय बेलबारीका प्रहरी निरिक्षक रामकुमार राईले बताएका छन । लावतीले पटक पटक जेठी छोरीलाई यौन दुब्र्यबहार गर्दै आएको र पछिल्लोपटक बैशाख १ गते समेत यौन दुब्र्यबहार गरेका थिए । छोरीले आफन्तलाई सो कुरा सुनाएकी थिईन ।

सोमबार दिँउसो लावतीकी माईली छोरी १० बर्षिया (रमा लावती) नाम परिबर्तनले कोठामा चुकुल लगाई आफनै घरको बरण्डामा झुण्डिएर आत्माहत्या गरेसँगै बबुको सो कर्तुत सार्बजनिक भएको हो । बहिनीको आत्माहत्यापछि पिडित दिदीले प्रहरीमा जाहेरी दिएपछि उनलाई पक्राउ गरिएको र म्याद थप गरी अनुसन्धान थालिएको निरिक्षक राईले बताएका छन ।
(स्रोत–आवरविराटनगर)

सम्बन्धित खवर