भीमराज अधिकारी, पथरी
मोरङको सुनवर्सीमा तेस्रो अमरदह ढल्के जोवन गोल्डकपको तयारी तिब्र रुपमा भइरहेको छ । गोल्डकप यहि बैशाख २१ गते देखि हुने आयोजकले जानकारी दिएको छ । गोल्डकप बिरेन्द्र सार्वजनिक मावि अमरदहको खेल मैदानमा हुनेछ ।
हाल कार्यक्रम उद्घाटनका दिनमा आयोजना हुने अन्य सांस्कृतिक कार्यक्रम लगाएतका लागि तयारी भइरहेको छ । समितिका सह–सचिव यादव बस्नेतका अनुसार हाल सम्म गोल्डकपको तयारी ८० प्रतिसत् पुरा भएको छ । मैदानमा दुवो, झार उमार्ने काम भइरहेको बस्नेतले बताए । मैदानमा पानी छर्कने र झार उमार्ने काम भइरहेको छ । कार्यक्रम आयोजनाका लागि वडा कार्यालयको बजेटमा स्टेज मर्मतको काम समेत भइरहेको छ । सो मर्मतका लागि करिब ६० हजार लाग्ने अनुमान गरिएको बस्नेतले बताए । मर्मतका लागि लाग्ने सम्पूर्ण रकम वडा कार्यालयले उपलब्ध गराउने पनि आयोजकले जानकारी दिएको छ ।
२१ गते कुरीरहेको आयोजकले मैदानको वरीपरी सरसफाइ गर्ने लागाएतका काम भइरहेका छन् । हाल सम्म गोल्डकपका लागि नै तिब्र रुपमा लागिपरेको अध्यक्ष प्रताप तामाङले जानकारी दिए । तामाङका अनुसार १६ वटा टिमले तेस्रो अमरदह ढल्के जोवनमा सहभागीता जनाउने छन् । टिममा सबै सदस्यहरुले गोल्डकपको सफताका लागि तिब्र रुपमा लागिपरेको तामाले जानकारी दिए ।
यसअघि पनि ढल्के जोवन युवा क्लवले विभिन्न सामाजिक कामहरु गर्दै आएको थियो । यस पटकको गोल्डकप समापनका दिन बिरेन्द्र सार्वजनिक माविमा ५० हजार बराबरको सेफ्टी प्याड मेसिन प्रदान गरिने संस्थाका सचिव विनोद कुमार राजवंशीले जानकारी दिए । राजवंशीका अनुसार मेसिनमा डलर (क्वाइन) लगाएपछि सेफ्टी प्याड निस्कने छ । विशेष गरेर छात्रा र शिक्षिकाहरुलाई यसले प्रत्यक्ष फाइदा पुग्ने राजवंशीले बताए । खेल बैशाख २१ देखि जेष्ठ ७ गते सम्म चल्ने छ ।