सोलुखुम्बुको सोताङ गाउँपालिकामा खोलामा डुबेर दाजुभाइको मृत्यु भएको छ । मृत्यु हुनेमा २१ वर्षीय बालकुमार राई र १७ वर्षीय मानवीर राई छन् ।
उनीहरु शनिबार साँझ नजिकैको रोक खोलामा पाहा संकलन गर्न गएका थिए । तर राति अबेरसम्म पनि नफर्किएपछि उनीहरूको खाजी गरिएको थियो । खोजीका क्रममा खोलाको दहमा आज उनीहरूलाई मृत फेला पारिएको हो ।