बार्सिलोना ले उचाल्यो ला लिगाको उपाधि

बार्सिलोना ले उचाल्यो ला लिगाको उपाधि

लियोनल मेस्सीले सब्सिच्युडका रुपमा मैदान छिरेर गोल गरेपछि लेभान्टेलाई हराउँदै बार्सिलोना तीन खेल अगावै ला लिगा च्याम्पियन बनेको छ । लेभान्टेविरुद्धको जितपछि बार्सिलोनाको ३५ खेलबाट ८३ अंक भएको छ । लिगमा ३ खेल बाँकी रहँदा उसले समान खेलबाट ७४ अंक बनाएको एट्लेटिको मड्रिडसँग स्पष्ट ९ अंकको अग्रता कायम गरेको छ ।

नाउ क्याम्पमा करिब ९२ हजार घरेलु समर्थक माझ मेस्सीले जारी सिजन लिगमा ३४ औं गोल खेलको ६२ औं मिनेटमा एलेक्स भिडालको पासमा गरे । फिलिप काउटिन्होलाई प्रतिस्थापन गरी मेस्सी दोस्रो हाफमा मैदान प्रवेश गरेका थिए । ला लिगामा मेस्सी सर्वा्धिक गोलकर्ताको सूचिमा पनि १३ गोलको अग्रतामा छन् । रियल मड्रिडका करिम बेन्जेमा र बार्सिलोनाकै लुइस स्वारेज २१ गोलका साथ दोस्रो स्थानमा छन् ।

पेप ग्वार्डिओलाको प्रशिक्षणमा बार्सिलोनाले सन् २००८र०९ को सिजनदेखि लगातार ला लिगा जित्न थालेको हो । बार्सिलोनाले पछिल्लो ११ सिजन आठौंपल्ट लिग जितेको छ भने पछिल्लो पाँच सिजनमा चौथोपल्ट जितेको छ । सन् २००५ देखि बार्सिलोनाको सिनियर टोलीबाट खेल्न थालेका लियोनल मेस्सीका लागि भने यो नवौं लिग उपाधि हो ।

सम्बन्धित खवर