नागरिकता नपाएपछि सुनसरीका हरि मण्डलले गरे आत्महत्या

नागरिकता नपाएपछि सुनसरीका हरि मण्डलले गरे आत्महत्या

सुनसरी–नागरिकताको कारण सुनसरीमा एकजनाले आत्महत्या गरेका छन् । वडा कार्यालयले नागरिकता सिफारिस गर्न नमान्दा सुनसरीको दुहवी नगरपालिका–३ का हरि मण्डलले आत्महत्या गरेको बताइएको छ । मण्डलले नागरिकताको सिफारिस माग्दै वडा समितिको कार्यालयमा पटकपटक पुगे पनि वडाध्यक्ष माधवबहादुर भण्डारीले कागजात नभएको भन्दै रुखो व्यवहार गरेको बताइएको छ।

मृतककी आमा गीतादेवी मण्डलका अनुसार वडाअध्यक्ष भण्डारीले तिम्रो नागरिकता हुँदैन भन्दै कार्यालयमा नै बेइज्जत गरेपछि मण्डलले आत्महत्या गरेहका हुन् । तीन पुस्तादेखि बुवा ध्रुव मण्डलसहित दुहवीमा बस्दै आएका मण्डल परिवारका जेठा छोरा प्रमोदले भने २०६३ सालको टोलीमै जन्मसिद्धको नागरिकता बनाइसकेका थिए।

दाजुको जन्मसिद्ध नागरिकता भएपछि हरिले नागरिकता खुलेको पहिलो दिन २०७५ चैत १८ मै वडा कार्यालय पुगेर वडा अध्यक्षलाई जन्मदर्ता र आफूले अध्ययन गरेको विद्यालयको सर्टि्फिकेटतसहित नागरिकता सिफारिस गरिदिन आग्रह गरेका थिए। कागजात नपुगेको भन्दै सिफारिस नपाएका उनी वैशाख ९ गते पुनः आमा गीतादेवीसँगै वडा कार्यालय पुगेका थिए।वडाध्यक्षले ‘तिम्रो सिफारिस हुँदैन’ भन्दै हप्कीदप्की गरेपछि उनी आमालाई वडा समितिको कार्यालयमै छाडेर घर गएका थिए। त्यसलगत्तै उनले घरमा पासो लगाएर आत्महत्या गरेको गीतादेवीले बताइन्।

नागरिकता सिफारिस नपाएपछि आत्महत्या गरेको कुरा बाहिर आउनासाथ दुहवी नगरपालिका प्रमुख वेद गच्छदारसहित अन्य पदाधिकारी सान्त्वना दिन हरिको घर पुगेका थिए । वडाध्यक्ष भण्डारीले घटना भएको ४ दिनपछि उनको घर पुगेका थिए। आमा गीतादेवीका अनुसार वडाध्यक्ष भण्डारीले गल्ती भयो भन्दै सहयोग गर्ने अश्वासन दिएका छन्। भण्डारीले भने सिफारिस नगरिदिएका कारण आत्महत्या नगरेको दाबी गरेका छन् ।

(Source-Newslaya.com)    

सम्बन्धित खवर