जनकपुरमा विनाशकारी हावाहुरीका कारण २ को मृत्यू, क्षतिको थप विवरण आउन बाँकी

जनकपुरमा विनाशकारी हावाहुरीका कारण २ को मृत्यू, क्षतिको थप विवरण आउन बाँकी

जनकपुर–आईतबार विहान करिब ३ः२७ बजे आएको विनाशकारी हावाहुरीका कारण दुई जनाको मृत्यु भएको छ । हावाहुरीका कारण धनुषाको नगराईन नगरपालिका–५ का ६० वर्षीय रामपती मुखिया र ६५ वर्षीय महाबिर दास तात्मको मृत्यु भएको हो ।

हावाहुरीका कारण जनकपुरको पुलचोकमा रहेको घर टहरा, विजुलीको पोल, रुखहरुलाई ढालेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता रामेश्वर कार्कीका अनुसार जिल्लाभरी हावाहुरीले के कति क्षति भएको छ यसको बारे जानकारी संकलन गरिरहेको जानकारी दिएका छन ।

सम्बन्धित खवर