सुन्दर टोललाई प्रथम वडा नं. ३ टोल कपको उपाधि

सुन्दर टोललाई प्रथम वडा नं. ३ टोल कपको उपाधि

बेलबारी–मोरङको बेलबारीमा भएको प्रथम वडा नं. ३ टोल कप फुटबल प्रतियोगिताको फाइनल खेलमा सहकारी भगवती टोललाई पराजित गर्दै सुन्दर टोल विकास संस्था उपाधि चुमेको छ । बेलबारी रङ्गशालामा भएको खेलमा भगवती सहकारी संयुक्त टोल विकास संस्थालाई सुन्दर टोल विकास संस्थाले १–० गोलको अन्तरले पराजित गरेको हो ।

पहिलो हाफको १० मिनेट नबित्दै गरेको गोल नै विजयी गोल बन्यो । भगवती सहकारी टोलले खेलको पहिलो हाफ र दोस्रो हाफमा सुन्दर टोलको विरुद्ध गोल गर्ने सक्दो प्रयास गरेता पनि गोल विहीन भएर प्रतियोगिताको उपविजेता मा सीमित भयो । प्रतियोगिताको उत्कृष्ट खेलाडीमा भगवती सहकारी टोलका खेलाडी राजकुमार राई घोषित भएका छन् ।

यस्तै प्रतियोगिताको उत्कृष्ट गोलकिप्पर सुन्दर टोलबाट अम्कस धिमाल भए भने खेलको म्यान अफदी म्याच विष्णु गौतम भएका भए। प्रतियोगिताको विजेताले नगद पुरस्कार रु.१५ हजार सहित ट्रफी, मेडल प्रमाण पत्र र उपविजेताले नगद रु.१० हजार सहित ट्रिफ, मेडल, प्रमाण पत्र प्राप्त गरेका छन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीले नगद पुरस्कार रु.५ हजार १ सय, ट्रफी र प्रमाणपत्र साथै उत्कृष्ट गोलकिप्परले ३ हजार १ सय, ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन् ।

सम्बन्धित खवर