आयोजक काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरमाथि ४–१ को फराकिलो जित दर्ता गर्दै सिएमजी संकटा क्लब चौथो मेची नेत्रालय मेचीनगर गोल्डकपको सेमीफाइनल प्रवेश गरेको छ ।
काँकडभिट्टा माविको खेल मैदानमा शनिबार भएको खेलमा संकटाको जितमा फोफाना फोडेले ह्याट्रिक तथा क्रिस्टियनले गोल गरे । आयोजकका बिमल घर्तीमगरले एक गोल फर्काए । खेलको सुरुवातबाटै आयोजकमाथि दबाब सृजना गरेको संकटाले २२औ मिनेटमा अग्रता बनायो । डिवक्सभित्र पाएको पासमा गोलरक्षक किशोर गिरीलाई विट गराउदै फोफोना फोडेले सुरुवाती अग्रता दिलाए ।
२९औं मिनेटमा फोडेले नै गोल गर्दै टिमको अग्रता दोब्बर बनाए । अर्का बिदेशी खेलाडी इके क्रिस्टियनको क्रस पासलाई हेडर मार्फत जाली चुमाउदै उनले अग्रता दोव्वर बनाए । ४४औ मिनेटमा क्रिस्टियनले डि बक्सभित्र गरेको पासमा फोडेले गोल गर्दै ह्याट्रिक पुरा गरे । ५५औ मिनेटमा क्रिस्टियनल वान भर्सेस वानमा गोल गदै टिमलाई फराकलो जिततर्फ डोर्याए । अनमार्क रहेका क्रिश्टियनले २० यार्ड टाढाबाट गरेको प्रहार गोलमा परिणत भएको थियो ।
काँकडभिटाका लागि खेलको ८० औं मिनेटमा बिमल घर्तीमगरले सान्त्वना गोल फर्काए । डि बक्स नजिकैबाट बिमलले गरेको फ्रि किक गोल भएको थियो । निशान्त लिम्बुलाई संकटाका खेलाडीले फल गरेपछि पाएको फ्रि किक मार्फत मगरले गोल फर्काएका हुन् ।
खेलको म्यान अफ द म्याच बिजेता टीमका लागि ह्याट्रिक गरेका फोफोना फोडे भए । उनले नगद ११ हजार रुपैंयाँ पुरस्कार पाए । आइतबारको खेल त्रिभुवन आर्मी क्लब र धरान फुटबल क्लब सुनसरीबीच हुने छ । प्रतियोगितामा बिजेता टीमले १० लाख १ हजार र उपबिजेता टीमले ५ लाख १ हजार रुपैंयाँ पुरस्कार पाउने छ ।