रिना हत्या काण्डको एक हप्ता बित्यो, दोषी पत्ता लागेन

रिना हत्या काण्डको एक हप्ता बित्यो, दोषी पत्ता लागेन

अजय बस्कोटा ,पथरी

मोरङ पथरीकी रिना बस्नेतको हत्या भएको एक हप्ता बितिसक्दा पनि प्रहरीले राम्रो अनुसन्धान गर्न नसकेको आरोप लाग्न थालेको छ । शनिबार रिनाको हत्या भएको एक हप्ता पुगेको छ । शनिवार पथरी वहुमुखी क्याम्पसका विद्यार्थी र पथरीशनिश्चरे नगर महिला फेडेरेसनका महिलाहरुको संयुक्त आयोजनामा ईलाका प्रहरी कार्यालय पथरीमा ज्ञापन पत्र बुझएका छन् ।

पथरीशनिश्चरे–१ मा अवस्थित रत्नचौकमा भेला भएर
रिना बस्नेतको मृत्युको वास्तविकता सार्वजानिक गर, दोषीलाई कडा भन्दा कडा कारवाही गर, महिला हिंसा अन्त्य गर र हत्यालार्इ आत्माहत्यामा मोड्ने प्रयास नगर भन्ने नाराकासाथ आएको समूहले बजारलाईन हुँदै प्रहरी कार्यालयमा पुगेर नाराबाजी पनि गरेका थिए ।

कार्यक्रममा प्रदेशसभा सांसद कृष्णकुमारी राई, पथरी वहुमुखी क्याम्पसकी स्ववियु उपाध्यक्ष निता कुलुङ राईले आज हामी महिला नगरमा असुरक्षित भएको महशुस गरिरहेका छौँ । आहिलेको स्थिति हेर्नेहो भने हामी बिहान कलेज आएर दिउँसो सुरक्षित घर पुग्ने आवस्था छैन । भन्दै आफ्नो भनाइ रोखेकी थिइन् । त्यसैगरि पथरीशनिश्चरे नगरमहिला फेडेरेसनकी संयोजक गोमा दाहालले अनुसन्धान फितलो भएको हामिले महशुस गरिरहेका छौँ । रिना बस्नेतको हत्या हो कसरी आत्महत्या भएको हो । त्यसैगरी आत्माहत्या गरेको मान्छेको खुट्टामा कसरी लेउ लग्यो र त्यत्रो ६०, ७० केजिको मानिस माथिबाट झर्दा उस्को शरीर छेत विछेत हुनुपर्ने, भन्दै ईलाका प्रहरी पथरीलाई प्रस्न समेत राखेका छन् ।

हाल सम्म प्रहरीले निकै जनामाथी अनुसन्धान गरिसकेको छ । तर दोसी अझै पत्ता लागेको छैन् । प्रहरीले प्रारम्भीम रिपोटमा आफै मृत्यु भएको बताएता पनि पथरीबासीले हत्या नै भएको जिकिर गर्दै आाएका छन् ।

सम्बन्धित खवर