कानेपाेखरीमा युवा स्वराेजगार कार्यक्रम सुरु

कानेपाेखरीमा युवा स्वराेजगार कार्यक्रम सुरु

भीमराज अधिकारी, पथरी
माेरङकाे कानेपाेखरी गाउँपालिकामा युवा स्वराेजगार कार्यक्रम सुरु भएकाे छ । शनिबार एक कार्यक्रमकाे अायाेजना गर्दै युवा स्वराेजगार समितिले कार्यक्रमकाे अाैपचारिक रुपमा सुरु गरेकाे हाे ।

स्वराेजगार कार्यक्रम अन्तरगत कम्प्युटर तालिम, ड्राइभिङ तालिम, मन्टेश्वरी तालिम, अाधुनिक कृषि तालिम, उद्घाेषण तालिम, मेशन तालिम, माेवाइल मर्मत तालिम, पंखा, फ्रिज मर्मत तालिम र अाल्मुनियम फिटिङ तालिम प्रदान गरिने अायाेजकले जनाएको छ ।

कार्यक्रम ३ महिना सम्म सञ्चालन हुने समिति अध्यक्ष कुमार फुयालले जानकारी दिए । युवा स्वराेजगारका लागि गाउँपालिकाले २४ लाख रुपैया विनियाेजन गरेकाे पनि फुयलले जनाकारी दिएका छन् ।

कार्यक्रमका प्रमुख अतिथि वडा नं २ का अध्यक्ष तथा पालिका प्रवक्ता सुशील बुढाथोकीले याे कार्यक्रमले सहभागीहरुले राेजगार बन्न सहयोग पुग्ने जानकारी दिए । पालिकाले लगानी गरेको रकमकाे सदुपयाेग गर्दै सबैले सक्रिय रुपमा तालिममा सहभागी हुन पनि बुढाथोकीले अनुराेध गरे ।

उद्घाटन सत्रमा कार्यक्रमका विशिष्ट अतिथि तथा मदन भण्डारी प्रतिष्ठान उर्लाबारीका सामाजिक विकास अधिकृत रुद्र बहादुर तामाङले युवाहरुलाई उत्प्रेणा मुलक कार्यक्रम सञ्चालन गरेका थिए । युवा स्वराेजगार कार्यक्रममा कानेपाेखरीका करिब ३ सय युवा युवतीहरु सहभागी रहेका छन् ।

सम्बन्धित खवर