यलम्बर युवा क्लबले गर्याे फुटबलको हिसाब सार्वजनिक

यलम्बर युवा क्लबले गर्याे फुटबलको हिसाब सार्वजनिक

माेरङ पथरशनिश्चरेमा रहेकाे यलम्बर युवा क्लवले अायाेजना गरेकाे खुल्ला नकअाउट फुटबल खेलकाे हिसाब सार्वजनिक गरेकाे छ । बैसाख २ देखि ९ गते सम्म पथरीशनिश्चरे स्तरीय खुल्ला नकअाउट फुटबल प्रतियोगिता २०७६ काे हिसाब शनिबार सार्वजनिक गरेकाे हाे ।

खेलमा २ लाख २२ हजार लागत अनुमान गरिएको थियाे । तर पहिलाे अायाेजना भएका कारण खर्च केही बढेर गएकाे खेल संयाेजक सुमन विश्वकर्माले बताए । हाल क्लबलाई याे खेलबाट ३६ हजार ऋण रहेकाे विश्वकर्माले बताए । उठ्न बाकीँ रहेकाे रकम अझै ६० हजार रहेकाे छ । ऋण रकम तिरेर बच्ने २४ हजार रकम संस्थाकाे काेषमा रहने अायाेजकले जनाएको छ । बचेकाे रकमबाट अागामी दिनमा सामाजिक कामहरु गरिने बताएको छ ।

सम्बन्धित खवर