विमानस्थलबाट लागुऔषध लैजान खोज्ने एक पक्राउ

विमानस्थलबाट लागुऔषध लैजान खोज्ने एक पक्राउ

विराटनगर–विराटनगर विमानस्थल हुँदै जहाजबाट लागुऔषध काठमाडौं लैजान खोज्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । बिहीबार साँझ बुद्ध एयरको जहाजमार्फत काठमाडौं जान लागेका सुनसरीको धरान उपमहानगरपालिका–१७ का २६ वर्षीय डेनी भनिने दनिल राईलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठले बताए । उनका अनुसार जहाजमा चढ्ने बेलामा सुरक्षा चेकजाँच गर्दा राईले लुकाई छिपाई काठमाडौं लैजान लागेको लागुऔषध फेला परेको थियो ।

राईका साथबाट डाईजेल्याब १५, लुपिजेसिक १५, फेनारगन १५ र एभिल १५ एम्पुल गरी जम्मा ६० एम्पुल लागुऔषध बरामद भएको डीएसपी श्रेष्ठको भनाइ छ । पक्राउ परेका राई विरुद्ध लागुऔषध ऐन अन्तर्गतको मुद्दा चलाउन शुक्रबार जिल्ला अदालत मोरङबाट म्याद थप गरेर अनुसन्धान अघि बढाइएको जानकारी प्रहरीले दिएको छ ।

सम्बन्धित खवर